मुन्शिथाङ वाहन दुर्घटनामा खोज एवं उद्धार कार्य स्थगित, शनिवार बिहानदेखि फेरि शुरू गरिने
मुन्शिथाङ वाहन दुर्घटनामा खोज एवं उद्धार कार्य स्थगित


मंगन, 30 मई (हि.स.)। उत्तर सिक्किमको मुन्शिथाङ छेउ भएको वाहन दुर्घटनाका यात्रीहरूको उद्धारको निम्ति चलाइएको खोज कार्य आजको निम्ति स्थगित गरिएको छ। खोज एवं उद्धार कार्य भोलि, शनिवार बिहानदेखि फेरि शुरू गरिने छ। उक्त जानकारी मंगन जिल्लाका जिल्लापाल कार्यालयले दिएको छ।

प्रतिकूल मौसमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन, पुलिस र एनडीआरएफले खोज एवं उद्धार कार्य स्थगित गर्ने निर्णय लिएको बताइएको छ। दिउॅंसो लगातार रूपमा पानी पर्न थालेपछि नदीको जलस्तर बढ्न थालेको थियो। आज दिनभरि खोज एवं उद्धार कार्य जारी रह्यो। यस अभियानमा बीआरओ, एनडीआरएफ, पुलिस, अग्नि शमन विभाग, आईटीबीपी, आईएचसीएई चेम्चेबाट पर्वतारोहीहरूको दल लगायत टास, पर्यटन हितधारकहरू, चालक संगठन र स्थाानीय मानिसहरू जुटेका थिए।

बेपत्ता बनेका मानिसहरूको उपस्थितिको सम्भावना पत्ता लगाउन नदीबाट गाडी निकाल्न हरसम्भव प्रयास गरियो। जिल्लापाल, पुलिस अधीक्षक, चुङथाङका एसडीएम र एसडीपीओ, ग्रेफका अधिकारीहरू आदि दुर्घटना स्थलमा उपस्थित रहेर खोज एवं उद्धार कार्यमाथि निगरानी राखेका थिए।

उल्लेखनीय छ, पर्यटकहरू लिएर लाचुङतिर गइरहेको एउटा वाहन बिहिवार अबेर राति टिस्टा नदीमा झऱ्यो। वाहनमा 11 जना थिए भने दुई जनालाई उद्धार गरिएको छ। रहल 9 जना अझै पनि बेपत्ता छन्। गम्भीर रूपमा घाइते दुई यात्रीलाई अहिले एसटीएनएम अस्पतालमा भर्ती गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande