गान्तोक, 30 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम शहरी गरीब आवास योजना र सिक्किम गरीब आवास योजना अन्तर्गत छह लाभार्थीलाई आवास आण्वटन आदेश हस्तान्तरण गरेका छन्। उनले आज बिहान आफ्नो सरकारी आवास मिन्तोकगाङमा लाभार्थीहरूलाई आदेश हस्तान्तरण गरेको सामाजिक सञ्जालमा जानकारी गराएका छन्।
मुख्यमन्त्री तामाङले राज्यका विभिन्न निर्वाचन क्षेत्रका छह योग्य लाभार्थीहरूलाई सिक्किम शहरी गरीब आवास योजना र सिक्किम गरीब आवास योजना अन्तर्गत आवास आवण्टन आदेश हस्तान्तरण गरेका छन्। उनले लामो समयदेखि सुरक्षित छानाको पर्खाइमा बसेकाहरूको अनुहारमा मुस्कान र राहत देख्न पाउँदा अपार खुशी लागेको बताएका छन्।
उनले वर्तमान सरकार प्रत्येक परिवारलाई जीवनका आधारभूत आवश्यकताहरूमा पहुँच सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन्। मुख्यमन्त्रीले उनीहरूको बोझ कम गर्न र उनीहरूलाई सम्मान, आराम र राम्रो भोलिको आशाका साथ बाँच्न मद्दत गर्न प्रयासरत छौं भनी उल्लेख गरेका छन्।
लाभार्थीहरूमा आईबीएम- रम्फू निवासी सृजना भूजेल, मजुवा- अप्पर राङगाङ निवासी मधु कुमार प्रधान, तिन्जरबोङ- कामलिङ सुल्दुङ निवासी जोर्डन तामाङ, बादोङ थानसिङ- खाम्दोङ निवासी कर्म तामाङ, नाजिताम- मार्तम निवासी सुरेन राई र दरामदिन निवासी हेमलता छेत्री सामेल छन्।
हिन्दुस्थान समाचार / बिशाल