साउथफिल्ड कलेज दार्जिलिङको मुस्कान छात्रवृत्ति श्रुति राईलाई प्रदान
साउथफिल्ड कलेज दार्जिलिङको मुस्कान छात्रवृत्ति श्रुति राईलाई प्रदान


दार्जिलिङ, 30 मई (हि.स.)। 'मुस्कान' कल्याण संस्था, साउथफिल्ड कलेज दार्जिलिङद्वारा प्रदान गरिने छात्रवृत्ति श्रुति राईलाई प्रदान गरियो। मुस्कान छात्रवृत्ति साउथफिल्ड कलेजको कल्याणकारी संस्था मुस्कानले वार्षिक रूपमा कलेजका मेधावी स्नातकोत्तर विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दछ। यस वर्ष अंग्रेजी विभागकी चौथो सेमेस्टरकी स्नातकोत्तर विद्यार्थी श्रुति राईलाई यो छात्रवृत्ति प्रदान गरिएको हो।

प्रा विनोद प्रधानद्वारा सञ्चालित एक समारोहमा मुस्कान संस्थाकी सचिव डा. सुजाता बराइली, कलेजका प्राचार्य डा. अनुराधा राई, आन्तरिक गुणवत्ता मूल्याङ्कन संस्थाका संयोजक प्रा विशाल छेत्री, कलेज शिक्षण संस्थाका सचिव प्रा निरज राई साथै मुस्कानका कार्यकारी सदस्यहरूको उपस्थितिमा श्रुति राईलाई प्रमाणपत्र र रूपियाँ बाह्र हजार (12,000) को चेक प्रदान गरियो।

समारोहमा प्राचार्य डा अनुराधा राईद्वारा श्रुति राईका अभिभावकहरूलाई पनि सम्मान जनाए। मुस्कान कल्याण संस्था विभिन्न सामाजिक सेवाका पहलहरूमार्फत विपन्न विद्यार्थीहरूलाई सहयोग गर्न र कलेजका विद्यार्थीहरूको लागि राम्रो स्वास्थ्य सेवा सुविधाहरूको निम्ति पनि प्रतिबद्ध रहेको बताइएको छ। यस संस्थाका सबै गतिविधिहरू कलेजका शिक्षक सदस्यहरूद्वारा गरिएको स्वैच्छिक आर्थिक योगदान मार्फत पूर्ण गरिॅंदै आएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande