कृषकहरूलाई सशक्त बनाउने राष्ट्रव्यापी विकसित कृषि सङ्कल्प अभियान महोत्सवमा सिक्किम सामेल
कृषकहरूलाई सशक्त बनाउने राष्ट्रव्यापी विकसित कृषि सङ्कल्प अभियान महोत्सवमा सिक्किम सामेल


गान्तोक, 30 मई (हि.स.)। “विकसित कृषि सङ्कल्प अभियान 2025” का रूपमा कृषि 2025 का लागि खरिफ-पूर्वको अभियान सिक्किममा सफलतापूर्वक शुभारम्भ गरियो, जुन वैज्ञानिकतम खेती विधि प्रोत्साहित गर्दै कृषकहरूको आजीविकामा सुधार ल्याउन लक्षित 15 दिनको कार्यक्रम (29 मईदेखि 12 जून, 2025) हो।

सिक्किमका मुख्य सचिव रविन्द्र तेलाङ अनि आइसीएआर-एटीएआरआइ (क्षेत्र-6)-का निर्देशक डा. कादिरवलको मार्गदर्शनमा कार्यक्रमको शुभारम्भ गरियो। सिक्किमको सबै जिल्लाका केभीकेद्वारा आइसीएआर, सिक्किमका साथै बागवानी, पशुपालन, मत्स्य पालन अनि नाबार्ड/ ब्याङ्किङ विभाग लगायतका सम्बद्ध विभागहरूको सहयोगमा कार्यक्रम शुभारम्भ गरियो।

विकसित कृषि सङ्कल्प अभियान, 2025 को उद्देश्य वैज्ञानितकम आइसीएआरका प्रविधिहरूलाई “ल्याब टू ल्याण्ड” दृष्टिकोणका साथ कृषकहरूसम्म पुऱ्याउनु, केन्द्रिय एवं राज्यका योजना अनि कार्यक्रमबारे कृषकहरूलाई जागरूक गराउनु, सामग्रीहरू वितरण गरी कृषकहरूबाट प्रतिक्रिया प्राप्त गर्नुरहेको छ।

केभीकेका प्रमुख, आइसीएआरका वैज्ञानिक, विषयविद, स्थल अधिकारी, प्रगतिशील कृषक, एनजीओ अनि एफपीओ सामेल रहेका विभिन्न समिति खण्ड स्तरमा उचित मार्गचित्रका साथ गठन गरिएका छन्। विभिन्न प्रविधि प्रदर्शित गर्ने कृषि रथ तयार गरी प्रत्येक जिल्ला स्तरमा किसान भेला आयोजित गरिनेछ।

कार्यक्रम जीवन्त गाउँ, कृषि-ड्रोन प्रविधि, आइसीटी जागरूकता तथा सीधै रोपिने धान (डीएसआर) कार्यक्रममा पनि केन्द्रित गरिनेछ।

केन्द्रिय कृषि मन्त्री शिवराजसिंह चौहानले विकसित कृषि सङ्कल्प अभियान 2025 बाट कृषकहरूलाई हुने फाइदाबारे जानकारी दिँदै उद्घाटन कार्यक्रमलाई सम्बोधित गरे।

राज्यव्यापी रूपमा विकसित कृषि सङ्कल्प अभियान शुरु गर्नका प्रभावी समन्वयनको निम्ति आवश्यक लजिस्टिक सहयोग एवं सुविधा निर्देशक एवं सचिव (बागवानी) तिलक गजमेर तथा प्रधान निर्देशक (कृषि) टीटी भोटियाले प्रदान गरे।

कार्यक्रमलाई शीर्ष अधिकारीका रूपमा आइसीएआरको प्रतिनिधित्त्व गर्दै प्रधान वैज्ञानिक एवं एचओआरसी डा. रामगोपाल देवदास लगायत विभिन्न अधिकारीले समन्वयन गरे। कार्यक्रममा सामेल अन्य प्रमुख अधिकारीमा एनआरसीओका निर्देशक डा. एसपी दास, सीएई एवं पीएचटीका अधिष्ठाता प्रो. एनएस चौहान अनि आइसीएआरका डा. सुदीप पनि रहेका थिए।

जिल्ला स्तरीय समन्वयनका लागि, पाकिम जिल्लाका लागि डा. प्रकाश अनि केभीकेको टोली, मगन जिल्लाका लागि आइसीएआरका डा. सौरभका साथमा केभीके-उत्तरका दिनेश बसनेत, गेजिङ जिल्लाका लागि आइसीएआरका डा. अमित अनि एनआरसीओका डा. एसएस विश्वासका साथमा केभीके-पश्चिमका बिसन प्रधान, दक्षिण जिल्लाका लागि आइसीएआरका डा. छिरिङले केभीके-दक्षिणका शिवाकोटी र सोरेङ जिल्लाका लागि आइसीएआरका डा. तमिलारसनले केभीके-सोरेङका डा. राजीत सुब्बाका साथ समन्वयन गरिरहेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande