सोनादा, 31 मई (हि.स.)। अजम्बरी सङ्घ सार्वजनिक भवन गुराँस डाँडा 460 पूल रंगबुलमा यस वर्ष 2025 को माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएससीका विद्यार्थीहरूलाई सम्बर्द्धना कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रम संघका सभापति रूपेश छेत्रीको अध्यक्षतामा सम्पन्न गरियो।
शेरेप छिरिङ लेप्चाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हा उपस्थित रहेका थिए। यसैरगी, लाक्पा डोमा भोटिया, आशारिका फाउण्डेशनका सभापति रित्वीक तामाङ, सामाजिक कार्यकर्ता सुभाष ठकुरी (सुभाष योञ्जनका छोरा), रंगबुल ग्राम पञ्चायतकी प्रधान योजना सुब्बा, पञ्चायत समिती सदस्या याङ लमू शेर्पा, पञ्चायत सदस्य इनोस हाङ सुब्बा लगायत सिधालाईन परिवार समाजका सभापति लगायत अन्यहरू पनि उपस्थित थिए।
उक्त कार्यक्रममा जम्मा 27 जना विद्यार्थी र उनीहरुका अभिभावकहरूलाई सम्मान जनाइयो। यस सम्मान कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभापति रुपेश छेत्री र शेरप लेप्चाले पत्रकारहरुलाई बताए अनुसार, आज एक सम्बर्द्धना कार्यक्रम आयोजना गरेर यस वर्ष 2025 को माध्यमिक, उच्च माध्यमिक, आईसीएसई र आईएएसई र सीबीएसई परीक्षामा 60 प्रतिशतभन्दा धेरै अङ्क ल्याएर उत्तीर्ण बनेका विद्यार्थीहरुलाई सम्मान जनाइयो। उनीहरूले कार्यक्रममा उपस्थित हुने अतिथिहरु, विद्यार्थीहरु र अभिभावकहरु साथै कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक