कोलकाता, 31 मई (हि.स.)। तृणमूल कंग्रेसका वरिष्ठ औं विवादित नेता अणुव्रत मण्डल फेरि एकचोटि कानूनरूपी संकटमा घेरिएको देखिँदैछ। एकजना पुलिस अधिकारीका पत्नी र आमालाई दुष्कर्म गर्ने धम्की दिएको मामिलामा उनी विरूद्ध गैरजमानती धाराहरूमा मामिला दर्ता गरिएको छ। यस मामिलामा बोलपुर एसडीपीओ कार्यालयले समन पठाएर शनिवार बिहान उनलाई थानामा पेश हुने निर्देश दिएको थियो।
डेडलाइन बितिसक्दा पनि अणुव्रत मण्डल पेश भएनन्। उनको पक्षबाट पाँच सदस्यीय वकिलहरूको एक टीम बोलपुर एसडीपीओ कार्यालयमा पुग्यो। यद्यपि वकिलहरूले यस मामिलामा सोझो रूपमा केही भन्न अस्वीकार गरे। एक जना वकिलले मीडियासित बातचित गर्दै भने, हामी अन्य कुनै विषयमा भेट गर्न आएका थियौं। अर्का वकिलले यस भेटलाई मात्र शिष्टाचार भेट बताए।
सूत्र अनुसार मण्डलले अब यस मामिलामा अग्रिम जमानतको निम्ति सिउड़ी महकुमा अदालत वा कलकत्ता उच्च अदालतमा जान सक्नेछन्।
उल्लेखनीय छ, अणुव्रत मण्डल पहिला पनि कैयौं पटक विवादित बयान, धम्की तथा भड़काउ बयानको कारणले चर्चामा रहिसकेका छन्। पश्चिम बंगालको गौ तस्करी मामलामा पनि उनको नाम मुसिएको थियो जसकारण उनलाई केन्द्रिय एजेन्सीले पक्राउ गरेको थियो र लामो समयसम्म दिल्लीको तिहाड़ जेलमा थुनिएका थिए।
एक दिनपूर्व एकजना पुलिस अधिकारीसित बातचित गरेको उनको अडियो भाइरल भएको थियो जसमा मण्डलले पुलिस अधिकारीकी पत्नी र आमालाई दुष्कर्म गर्ने धम्की दिएका छन्। धम्की दिएको अडियो भाइरल भएपछि मण्डलमाथि भारतीय न्याय संहिताका केही गैर-जमानती धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ।
पुलिस सूत्रको भनाइ छ, यदि उनी चाँड़ै पेश नभए उनी विरूद्ध कड़ा कारबाही हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा