वर्षाबीच गर्ल्स होस्टेलमा फसेका 20 जना युवतीहरूलाई असम पुलिसले सहयोग गऱ्यो
वर्षाबीच गर्ल्स होस्टेलमा फसेका 20 जना युवतीहरूलाई असम पुलिसले सहयोग गऱ्यो


गुवाहाटी, 31 मई (हि.स.)। बितेका तीन-चार दिनदेखि परिरहेको मुसलधारे पानीले गर्दा राजधानी गुवाहाटीको स्थिति भयावह भएको छ। यहाँका अधिकांश भागमा पानी भरिएको छ। कतिपय क्षेत्रहरूमा रबरको डुंगा चलाउन परिरहेको छ।

राजधानीको उलुबारी, बोरा सर्भिसको कञ्चन पथस्थित घर नम्बर-10मा संचालित गर्ल्स होस्टेलमा 20 जना युवतीहरू बस्दै आइरहेका छन्। शनिवार बिहान गर्ल्स होस्टेलकी प्रमुख ज्योति कमलले सोशल मीडिया एक्समा पोस्ट साझा गर्दै भनिन्, होस्टेलमा 20 जना युवतीहरू फसेका छन्।यिनीहरूसित पानी-भोजन केही पनि छैन। कृपया यिनीहरूलाई सहयोग गर्नुहोस्।

उनले पोस्टमा मुख्यमन्त्री, मन्त्री, असम पुलिसका डीजीपी र एनडीआरएफलाई पनि ट्याग गरिन्। पोस्ट भाइरल हुनसाथ असम पुलिसको यातायात शाखाको एक टीमले शनिवार बिहान बाढ़ीको पानीमा डुबेको होस्टेलमा पुगेर पानी, भोजन आदि उपलब्ध गरायो।

यस्तै स्थिति राजधानीका अन्य धेरैवटा क्षेत्रमा देखिँदैछ। घरमा पाँच फुटसम्म पानी पसेको कारणले मानिसहरूलाई विभिन्न समस्या भइरहेको छ। गए राती पनि रुक्मिणी गाउँ तथा अनिल नगरमा एनडीआरएफ एवं अन्य क्षेत्रहरूमा एसडीआरएफ र असम पुलिसका कर्मचारीहरूले मानिसहरूलाई राहत पुऱ्याएको देखियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande