कोलकाता, 31 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको अलिपुरद्वार ऱ्यालीमा आमन्त्रण नपाएका दिलीप घोषलाई अब केन्द्रिय गृहमन्त्री अ्मित शाहको कोलकाता ऱ्यालीमा पनि बोलाइएको छैन। पार्टीका पूर्व प्रदेश अध्यक्ष भए पनि घोषलाई आमन्त्रण नदिइएको विषयमा भाजपाभित्र चर्चा चुलिएको छ।
शनिवार बिहान दिलीप घोष स्वयंले स्वीकार गरे, उनलाई कुनै निम्तो प्राप्त भएको छैन। उनले भने, “म कुनै पनि पदमा छुइनँ। नेताजी इण्डोर स्टेडियममा अलग-अलग स्तरका पदाधिकारीहरूलाई बोलाइएको छ। त्यसैले सायद मलाई नबोलाइएको होला।” तथापि घोष भाजपाको राज्य कोर कमिटीका सदस्य हुन् भने राज्य कमिटीमा पनि उनको स्थान छ, त्यसैले नियम अनुसार उनलाई बोलाउनु पर्थ्यो।
अर्कोतिर भाजपाका केही राज्य स्तरीय नेता एवं साधारण सदस्य पनि शाहको ऱ्यालीमा सामेल भइरहेका छन्। सूत्र अनुसार मण्डल अध्यक्षदेखि लिएर वरिष्ठ पदाधिकारीहरूसम्म सबैलाई पार्टीको कार्यालयबाट व्यक्तिगत रूपमा बोलाइएको छ। तर दिलीप घषलाई अहिलेसम्म निम्तो आएको छैन।
यसपूर्व प्रदेश अध्यक्ष तथागत रायले पनि ऱ्यालीमा आमन्त्रण नपाएको पुष्टि गरेका थिए, तर उनले आफ्नो उमेर 75 वर्ष भएको कारणले। जबकि दिलीप घोषको उमेर 75 भन्दा धेरै कम हो र पार्टीमा उनी सक्रिय पनि छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा