बंगालको अलिपुरद्वारमा हात्तीको कहर, एउटै परिवारका तीन सदस्यको मृत्यु
बंगालको अलिपुरद्वारमा हात्तीको कहर, एउटै परिवारका तीन सदस्यको मृत्यु


अलिपुरद्वार, 31 मई (हि.स.)। पश्चिम बंगालको अलिपुरद्वार जिल्लामा गए शुक्रवार अबेर राती एउटा जंगली हात्तीको हमलामा परी एउटै परिवारका तीनजना सदस्यहरूको मृत्यु भयो। मृतकहरूमा 36 दिनको नवजात पनि सामेल छ। यो पीड़ादायी घटना फालाकाटा ब्लकको कुञ्जन नगर क्षेत्रमा भएको हो।

स्थानीय मानिसहरूले शनिवार बिहान वन विभागमाथि लापरवाही गरेको आरोप लगाउँदै सड़कमा विरोध प्रदर्शन गरे। फलस्वरूप फालाकाटादेखि कुञ्जन नगर हुँदै नौ माइल तर्फ जाने मार्गमा वाहनहरूको आवागमन घण्टौंसम्म बाधित रह्यो।

जानकारी अनुसार घटना घट्दा पीड़ित परिवारको घरमा बिजुली थिएन। अबेर राती घर बाहिर भयानक आवाज सुनिएकोले 32 वर्षीय मनोज दास बाहिर निक्ले, अचानक तिनलाई हात्तीले कुल्चियो। उनको चित्कार सुनेर उनकी आमा माखन रानी दास (65) आफ्नी नवजात नातिनीलाई काखमा लिएर बाहिर निक्ले। घरको आँगनमा बसेको हात्तीले यी दुईलाई पनि कुल्चियो। तीनैजनाको घटनास्थलमै मृत्यु भयो।

घटनापछि सम्पूर्ण क्षेत्रमा खैलाबैला शुरू भयो। चित्कार सुनेर छर-छिमेकका मानिसहरू भेला भए। शनिवार उज्यालो हुनसाथ मानिसहरूले सड़कमा उत्रेर वन विभागको विरोधमा प्रदर्शन शुरू गरे। स्थानीय मानिसहरूको आरोप छ, यस क्षेत्रमा प्रायजसो प्रत्येक राती नै हात्तीहरूले ताण्डव मच्चाएको हुन्छ। तर वन विभागले कुनै प्रकारको सुरक्षा उपाय गरेको छैन।

स्थानीय मानिसहरूले माग गरेका छन्, वन विभागले यस प्रकारका घटनाहरूलाई रोक्नका लागि ठोस कदम उठाओस् अनि प्रभावित परिवारहरूलाई उचित क्षतिपूर्ति देओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande