इण्डिगोको 2 जुलाईदेखि मुम्बई-आदमपुरबीच दैनिक सोझो उड़ान आरम्भ हुने
इण्डिगोको 2 जुलाईदेखि मुम्बई-आदमपुरबीच दैनिक सोझो उड़ान आरम्भ हुने


नयाँ दिल्ली, 31 मई (हि.स)। बजेट एयरलाइन इण्डिगोले शनिवार देशको आर्थिक राजधानी मुम्बईदेखि पञ्जाबको आदमपुर (जालन्धर)-सम्मको लागि आफ्नो सोझो उड़ान सेवा शुरू गर्ने घोषणा गरेको छ जसको शुरूआत आगामी 2 जुलाईदेखि हुनेछ।

इण्डिगोले एक बयानमा बतायो, आदमपुर एयरलाइनको यो 92औं घरेलु तथा 133औं समग्र गन्तव्य हुनेछ। यो उड़ान आगामी दुई जुलाईदेखि शुरू हुनेछ। एयरलाइनको नयाँ उड़ानको सोझो कनेक्शन पञ्जाबको कृषि एवं औद्योगिक क्षेत्रसम्म हुनेछ जसले मुम्बई महानगरीय क्षेत्रका प्रमुख बन्दरगाहहरूसम्म सहज पहुँच प्रदान गर्नेछ।

यसबाट व्यापारका अवसरहरू प्रेरित हुनेछन्। एयरलाइनले यो पनि भन्यो, नयाँ मार्ग रणनीतिक रूपले व्यवसाय अनि अवकाशको लागि ग्राहकहरूको आवश्यकतालाई पूरा गर्नको लागि शुरू गरिएको हो जसबाट उनीहरूलाई सुविधानजक यात्रा विकल्प प्राप्त हुन सकोस्।

इण्डिगोका ग्लोबल सेल्स हेड विनय मल्होत्राले भने, हामीलाई मुम्बई - आदमपुर (जालन्धर)- बीच विशेष सोझो उड़ानको घोषणा गर्न पाउँदा खुशी लागिरहेको छ जसले तीव्र, सस्तो र समस्यामुक्त यात्रा प्रदान गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande