कालो नदीको जलस्तर बढ़ेर कालापानी पुलिस चौकी संकटमा
कालो नदीको जलस्तर बढ़ेर कालापानी पुलिस चौकी संकटमा


दक्षिण सालमारा (असम), 31 मई (हि.स.)। पछिल्लो एक सप्ताहदेखिकै अविरल वर्षा भइरहेको कारण मानकाचरको कालापानीमा मेघालयबाट आएको पानीले दक्षिण सालमारा मानकाचर जिल्लामा बाढ़ीको रूप धारण गरिसकेको छ। कुनै पनि समय कालापानी पुलिस चौकीमा यो पानी पस्नसक्छ।

दक्षिण सालमारा- मानकाचर जिल्ला अधिनस्थ कालापानी पुलिस चौकीको स्थिति जटिल बन्दै गइरहेको छ। कुनै पनि बेला छिमेकी राज्य मेघालयबाट बगेर आएको पानी उक्त पुलिस चौकीभित्र पस्नसक्छ। यस वर्ष पनि मानकाचरको कालापानीमा मेघालयको गारो पहाड़बाट बगेर आएको पानीले कालो नदीको जलस्तर बढ़ेर कालरूप धारण गरेको छ। यसपालि कालापानी पुलिस चौकीमा बाढ़ीको पानीको खतरा मड़ारिहेको छ।

अल असम माइनारिटी स्टूडेन्ट यूनियन (आम्सू)-का जिल्ला महासचिवले भनेका छन्, अहिलेसम्म पनि जिल्ला प्रशासनले कुनै प्रकारको गम्भीरता देखाएको छैन न त कुनै प्रकारको व्यवस्था नै गरेको छ। कालापानी पुलिस चौकीको चारैतिर अवस्थित घर अनि खेतहरूमा विभिन्न प्रकारको क्षति भएको सूचना प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande