एनआईएले एउटै परिवारका तीन जना सदस्यलाई पक्राउ गऱ्यो
एनआईएले एउटै परिवारका तीन जना सदस्यलाई पक्राउ गऱ्यो


कामरूप (असम), 31 मई (हि.स.)। जिल्लाको रेशम नगरीको रूपमा विख्यात सुवालकुचीबाट शनिवार भोर बिहान असम पुलिसको सहयोगमा राष्ट्रिय जाँच एजेन्सी (एनआईए)-ले अभियान संचालन गऱ्यो। अभियानको क्रममा एउटै परिवारका तीन जना सदस्यहरू क्रमैले पिता एवं छोरा-छोरीलाई पक्राउ गरिएको छ। पिताको नाम निरेन कलिता, छोराको नाम हिरक कलिता अनि छोरीको नाम रूपाली कलिता रहेको बताइएको छ।

शनिवार भोर बिहान 3 बजेदेखि 5 बजीसम्म असम पुलिस अनि एनआईएले अभियान संचालन गऱ्यो। अभियान अवधि जाँच एजेन्सीले परिवारका चार वटा मोबाइल फोन तथा घरेलु दस्तावेज जफत गरेको छ।

निरेन कलिता पेशाले एकजना राजमिस्त्री हुन् भने छोरा हिरक ई-रिक्शा चालक। एनआईएले यो अभियान संचालन गरेर यिनीहरूलाई किन पक्राउ गऱ्यो अहिलेसम्म पत्तो लाग्न सकेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande