गुवाहाटी, 31 मई (हि.स.)। गुवाहाटी महानगरको यातायात पुलिसले दुईवटा कारमा स्टन्ट गरेको आरोपमा 6 जना युवकहरूलाई पक्राउ गरेको छ। पुलिसले आज बताएको छ, गुवाहाटी ट्राफिकको एक टीमले ब्रह्मपुत्र नजिक एलिवेटेड करिडर ब्रिजमा गुड़िरहेको कारमा खतरनाक स्टन्ट गरेको आरोपमा छःजना मानिसहरूलाई पक्रााउ गरेको छ।
यस्तो कृत्यले सार्वजनिक सुरक्षाको लागि गम्भीर खतरा उत्पन्न गर्दछ। सोशल मीडियामा भाइरल भएपछि पुलिस सक्रिय भयो अनि यस घटनालाई गम्भीर रूपमा लिएर तुरून्त जाँच शुरू गरी छःजना युवकहरूलाई पक्राउ गरेको छ।
पक्रा पर्ने युवकहरूको पहिचान धारापुरका मोहम्मद पिंकु अली (22) र गारीगाउँका मोहम्मद आकिब जावेद (21), मोहम्मद रियाज अहमद (20), मोहम्मद आशिक अली (25), मोहम्मद आकिब अली (21) तथा मोहम्मद साहिद अली (20)- को रूपमा भएको छ।
जाँचमा पत्तो लागे अनुसार स्टन्टमा प्रयोग गरिएको वाहनलाई सिक्स माइल तथा उजानबजारस्थित ट्राभल एजेन्सीबाट भाड़ामा लिइएको थियो। दुवै कारलाई जफ्त गरिएको छ। यस मामिलामा एक प्राथमिकी दर्ता गरी घटनाको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा