हेलमेटमा लुकाएर ल्याइएको हेरोइन सहित तस्कर पक्राउ
हेलमेटमा लुकाएर ल्याइएको हेरोइन सहित तस्कर पक्राउ


दक्षिण सालमारा (असम), 31 मई (हि.स.)। दक्षिण सालमारा-मानकाचर जिल्लाको खारुवाबंधा पुलिस चौकी अन्तर्गत बक्तजामाल चौरस्तामा गए मध्य राती पुलिसले जाँच अभियान संचालन गरी एउटा बाइक चालकको हेलमेटबाट भारी मात्रामा हेरोइन जफ्त गऱ्यो।

खारुवाबंधा पुलिसले शनिवार बतायो, गुप्त सूचनाको आधारमा दक्षिण सालमारा-मानकाचर जिल्लाका अतिरिक्त पुलिस अधीक्षक प्रताप दासको निर्देशमा खारूवाबंधा पुलिस चौकी प्रभारी गीतार्थ देव चौधरीको नेतृत्वमा पुलिसकोक एक टीमले हाटशिंगरीमारीको बक्तजालाम चौरस्तामा खोजी अभियान संचालन गऱ्यो। यस अभियान अवधि हाटशिंगरीमारीदेखि बेपरीपारा तर्फ जाने सड़क मार्गमा हाटशिंगरीमारीबाट आइरहेको बाइक (एएस-17ई-8030)- का चालक सफिकुल इस्लामबाट पुलिसले भारी मात्रामा हेरोइन जफ्त गऱ्यो।

शफिकुल इस्लाम नामक बाइक चालकले ड्रग्स तस्करी गर्ने नयाँ उपाय अप्नाउँदै आफूले लगाएको हेलमेटभित्र 25 वटा प्लास्टिकको कन्टेनरमा भरिएको हेरोइनलाई लुकाएको थियो।

उल्लेखनीय छ, पुलिसले ड्रग्स तस्करी गर्दा प्रयोग गरेको अपाची बाइक, हेरोइऩले भरिएको प्लास्टिकका 25 वटा कन्टेनर तथा नगद राशि 40 हजार रुपियाँ र फोन जफ्त गऱ्यो। ड्रग्स तस्कर छिमेकी राज्य मेघालयको पश्चिम गारो पहाड़ी जिल्लाको राजावाला थाना क्षेत्रस्थिच शिलकाटा गाउँका शहीदुर रहमानको छोरा शफिकुल इस्लाम (28) रहेको बताइएको छ। आरोपीलाई अग्रिम जाँचबुझको लागि खारूवाबंधा पुलिस चौकीमा राखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande