लखिमपुर (असम), 31 मई (हि.स.)। लखिमपुर जिल्लामा अहिलेघरि चोरी गरेका पेट्रोल र डिजलको तस्करी भइरहेको छ। शनिवार बिहान पनि तेलले भरिएको एउटा ट्यांकरलाई चाउलधोआ पुलिले स्थानीय मानिसहरूको सहयोगमा जफत गऱ्यो।
चाउलधोआ स्थित ढुङ्गा क्वेरीको क्रसरमा अवैध रूपमा तेल भरिरहेको अवस्थामा ट्यांकरलाई जफत गरियो। स्थानीय मानिसहरूले पुलिसलाई बताएका छन्, विगत लामो समयदेखिकै एउटा गिरोहले विभिन्न व्यक्तिगत उद्योगहरूलाई चोरीको तेल सप्लाई गरिरहेको छ।
प्राप्त जानकारी अनुसार लखिमपुर जिल्लाको बगीनदीस्थित एक पेट्रोल पम्पबाट अवैध रूपमा तेल बेच्नको लागि ट्यांकर (एएस-12सीसी-0939)-लाई ल्याइएको थियो। ट्यांकरलाई जफत गरेपछि चाउलधोआ पुलिसले चोरीको तेल बेच्ने गिरोह विरूद्ध अभियान जारी राखेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा