जलपाईगढी , 31 मई (हि.स)। जिल्लाको बानरहाट प्रखण्ड अधिनस्थ बिन्नागुड़ी चौपाथी संलग्न बिन्नागुड़ी-गोयरकाटा स्टेट हाइवेमा शनिवार भोर बिहान लगभग चार बजे एउटा वाहनमाथि विशालकाय रूख ढलेर एकजना महिला सहित दुईजना मानिसहरू घाइते भए। घाइतेहरू बानरहाट ग्रामीण अस्पतालमा चिकित्साधिन छन्। भनिन्छ, रूख ढलेर दुईवटा घर पनि क्षतिग्रस्त भएको छ जसले गर्दा बिन्नागुड़ी-गोयरकाटा स्टेट हाइवे बिहानदेखिकै बन्द छ।
प्राप्त जानकारी अनुसार गए राती परेको मुसलधारे पानीको कारणले जिल्लाको बानरहाट प्रखण्डमा व्यापक क्षति पुगेको छ। रूख ढलेको वाहनले एकजना यात्रीलाई लिएर धुपगुड़ीदेखि बिन्नागुड़ी फर्किरहेको थियो। अचानक रूखका हाँकाहरू झरेर घरको अघिल्लो भागलाई क्षतिग्रस्त बनायो।
स्थानीय मानिसहरूले बताए, यदि यो घटना बिहान नभएको भए ठूलो क्षय-क्षति हुन सक्थ्यो। सूचना पाएर बिन्नागुड़ी चौकीको पुलिस घटनास्थलमा पुग्यो अनि बिहानदेखिकै राज्य राजमार्गलाई बन्द गरिदिएको छ। ट्रेन भेट्नका लागि जाने यात्रीहरूलाई पाँच किलोमीटर घुमेर बिन्नागुड़ी स्टेशनमा जान परिरहेको छ। यातायातलाई सामान्य बनाउने प्रयास जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा