ईटानगर, 31 मई (हि.स.)। अरुणाचल प्रदेशको ईस्ट कामेंग जिल्लामा राष्ट्रिय राजमार्ग- 13 स्थित बाना औ सेप्पाबीच गए बिहीवार साँझ पैह्रोको चपेटमा परेर वाहन सहित एउटै परिवारका सातजना सदस्यहरूको मृत्यु भयो।
स्थानीय अधिकारीले बताए, एउटै परिवारका सातजना सदस्यहरू ब्रिजा वाहनमा सवार भई बानादेखि सेप्पा तर्फ गइरहेका थिए। अविरल वर्षाको कारणले गएको पैह्रोको चपेटमा परेर वाहनमा सवार सातैजना मानिसहरूको मृत्यु भयो। घटनास्थलमा पुगेको बचाउ दलले आफ्नो कार्य शुरू गरेको छ।
प्रदेशका गृहमन्त्री मामा नातुंगले आफ्नो विधानसभा क्षेत्रमा भएको यस घटनाप्रति गहिरो दुःख व्यक्त गरे। उनले एक बयान मार्फत भने, बाना र सेप्पाबीच एनएच-13 मा गएको पैह्रोमा परी सातजना मानिसहरूको दुःखदायी मृत्यु भएको खबर सुनेर धेरै दुःख लाग्यो। यस कठिन समयमा शोक सन्तप्त परिवारप्रति मेरो हार्दिक संवेदना छ।
विधायकले नागरिकहरूसित मनसुनको मौसममा सतर्क रहने अनि राती यात्रा गर्नदेखि बच्ने आग्रह गरे विशेष गरी पैह्रोग्रस्त क्षेत्रहरूमा। उनले भने, म सबै मानिसहरूलाई सतर्क रहने अनुरोध गर्दछु साथै राती यात्रा गर्नदेखि बच्नुहोस्। मेरो संवेदना अनि प्रार्थना प्रभावित परिवाको साथमा छ। ईश्वरले दिवंगत आत्माहरूलाई शान्ति प्रदान गरून्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा