कोलकाता, 31 मई (हि.स.)। दुई दिनपूर्व निम्न दबावको कारणले बंगालमा घना वर्षा हुने सम्भावना थियो भने अब त्यो कमजोर भइसकेको छ। यद्यपि घना वर्षा नभए पनि सामान्य वर्षा जारी रहनसक्छ। यसको साथै दक्षिण बंगालमा बढ़्दो आद्रता अनि गर्मीले आम मानिसहरूको समस्या झन् बढ़ाउन सक्छ।
अलिपुर मौसम विभागद्वारा शनिवार जारी बयान अनुसार बंगालको खाड़ीमा निर्मित गहिरो निम्न दबाव बंगलादेशमा प्रवेश गरेपछि कमजोर भएर एक स्पष्ट निम्न दबावमा परिणत भएको छ। हाल यो उत्तर बंगलादेश अनि मेघालय वरपर सक्रिय भएको छ भने बिस्तारै पूर्व र उत्तर तर्फ बढ़िरहेको छ। यसको प्रभाव केवल उत्तर बंगालसम्म सीमित रहनेछ। दक्षिण बंगालमा कुनै विशेष प्रभाव देखिनेछैन।
दक्षिण बंगालमा तापमान बढ़्नको साथै बाफिने गर्मी फर्किने सम्भावना छ। आगामी तीन-चार दिनभित्रमा तापमान लगभग चार डिग्री सेल्सियस बढ़्नसक्छ। वातारणमा पनि नमीको मात्रा अधिक रहेको कारणले छटपटी तथा असहज महसूस हुनसक्छ जसबाट मानिसहरूको जनजीवन प्रभावित हुने सम्भावना रहेको छ।
दक्षिण पश्चिम मनसुनले उत्तर बंगालमा कदम राखिसकेको भए पनि दक्षिण बंगालमा यसको आगमन हुने सठिक जानकारी वा तारिक अहिलेसम्म घोषणा गरिएको छैन। सामान्य रूपमा मनसुन आगामी 10 जूनभित्रमा दक्षिण बंगालमा भित्रिसक्छ। त्यसैले आशा गरिँदछ, बंगालमा पनि मनसुनले समय अगावै कदम राख्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा