पाकिम, 31 मई (हि.स.)। पाकिम जिल्लाको छलामथाङ पाचेखानी र अम्बा मामरिङ ग्राम पञ्चायत यूनिटमा विकसित भारत संकल्प अभियानको तेस्रो दिन सम्पन्न भयो। कार्यक्रममा जिल्ला उपाध्यक्ष प्रभा प्रधान मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन् भने उनको साथमा तृणमूलस्तरका नेताहरू, विभागका अधिकारी स्थानीयहरूको सहभागिता रहेको थियो।
विकसित भारतको दृष्टिकोण अन्तर्गत राष्ट्रव्यापी पहलको एक अङ्ग विकसित भारत संकल्प अभियान हो, जसको मुख्य उद्देश्य सरकारी कल्याणकारी योजनाहरूको बारेमा मानिसहरूमा जागरूकता ल्याउन, विकासात्मक गतिविधिहरूमा सक्रिय नागरिक संलग्नतालाई प्रवर्द्धन गर्न र आवश्यक सेवाहरू उपलब्ध गराउन रहेको छ। यो अभियान विशेष गरेर ग्रामीण क्षेत्रमा बसोबासो गर्दै आइरहेका मानिसहरूको जीविकोपार्जन सहयोग पुऱ्याउने उद्देश्यले केन्द्र सरकारले शुरू गरेको हो।
हिन्दुस्थान समाचार / प्रदीप