फेरि परीक्षा दिन तयार छैनन् बर्खास्त योग्य शिक्षकहरू, ठूलो आन्दोलनको तयारी
फेरि परीक्षा दिन तयार छैनन् बर्खास्त योग्य शिक्षकहरू, ठूलो आन्दोलनको तयारी


कोलकाता, 31 मई (हि.स.)। पश्चिम बंगालमा स्कूल सेवा आयोग (डब्ल्यूबीएसएससी) भर्ती घोटालापछि नियुक्तिको लागि नयाँ शिराबाट अधिसूचना जारी गरिएको भए पनि नोकरीबाट निकालिएका योग्य अर्थात 'निर्दोष' शिक्षकहरू अब विराट आन्दोलनको तयारीमा जुटेका छन्। उनीहरू पुनः परीक्षा दिने मूडमा छैनन्।

गए शुक्रवार कोलकाताको सियालदह स्टेशनमा यी शिक्षकहरूले अनौठो ढंगमा विरोध दर्ता गराए। पुलिसले उनीहरूको आन्दोलन शुरू हुन अगावै सयकड़ौं शिक्षकहरूलाई पक्राउ गरेको थियो जसपश्चात गए शुक्रवार राती सम्पन्न भएको बैठकपछि उनीहरूले विराट आन्दोलन गर्ने चेताउनी दिएका छन्।

एकजना बर्खास्त शिक्षकले भने, हामीले सम्मान पूर्वक नोकरी पायौं, वर्षौंसम्म पढ़ायौं, तर पनि हामीलाई बर्खास्त गरिदियो। उनीहरूले आरोप लगाए, बारम्बार सोध्दा पनि सरकारले 'योग्य' तथा 'अयोग्य' उम्मेद्वारहरूको सूची जारी गरेन। सरकारले पैसा दिएर नोकरी पाउनेहरूलाई बचायो अनि हामी जस्ता साँचो मानिसहरूलाई भने नोकरीबाट निकालिदियो।

शिक्षकहरूको आरोप छ, पुलिसले धेरैजना प्रदर्शनकारीहरूसित बर्बरतापूर्ण व्यवहार गऱ्यो। हामीलाई घिसार्दै लग्यो, लात्ता प्रहार गरिो अनि भ्यानमा कोच्याइयो। उनले भने, अब आन्दोलन रोकिनेवाला छैन, झन् विराट रूप लिनेछ।

अर्कोतिर डब्ल्यूबीएसएससीले राज्यको माध्यमिक र उच्च माध्यमिक स्कूलहरूमा नयाँ नियुक्तिको लागि नोटिफिकेशन जारी गऱ्यो। तर जुन 25 हजार 753 शिक्षकहरूको नियुक्तिलाई रद्द गरियो, त्यसमा 'निर्दोष' शिक्षकहरूलाई लिएर अहिले पनि कुनै स्पष्टता देखिएको छैन।

गत तीन अप्रेलमा सुप्रीम कोर्टले कलकत्ता हाईकोर्टको त्यस आदेशलाई यथावत राख्यो जसमा भनिएको थियो, जबसम्म 'दोषी' र 'निर्दोष' उम्मेद्वारहरूको सूची छुट्याइँदैन तबसम्म सम्पूर्ण प्यानललाई रद्द मानिनेछ।

तथापि राज्य सरकार तथा डब्ल्यूबीएसएससीले उक्त फसेलाविरूद्ध सुप्रीम कोर्टमा पुनर्विचार याचिका दर्ता गरिसकेको छ। तर स्पष्ट निर्णय नआउञ्जेलसम्म सयकड़ौं योग्य शिक्षकहरू बेरोजगार र आक्रोशित छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande