जलपाईगुड़ी, 31 मई (हि.स.)। वर्ष 2023- मा सिक्किममा आएको भीषण प्राकृतिक आपदाको प्रभाव उत्तर बंगालको जीवनरेखा मानिने टिस्टा नदीमा पनि पऱ्यो। पहा़ड़बाट आएको भल-पैह्रोले बगाएर ल्याएको हिलो माटोको कारणले नदीको गहिराई घटेको छ भने कतिपय स्थानहरूमा नदीको प्रवाह नै परिवर्तन भएको छ। त्यसैले जलपाईगुड़ीको लालटंग बस्ती र चामकडांगी गाउँ जस्तो क्षेत्रमा पूर्ण रूपले बगेर बाढ़ीको गम्भीर समस्या उत्पन्न भएको छ।
अब पश्चिम बंगाल सरकारले टिस्टालाई उसको पुरानै मार्गमा फर्काउने दिशामा ठूलो कदम उठाएको छ। प्रशासनिक सूत्र अनुसार राज्य सरकारले टिस्टा नदीको किनारबाट बालुवा र माटोलाई हटााउने योजनालाई स्वीकृति दिएको छ जसान्तर्गत नदीको सफाई मात्र गरिनेछैन जबकि निकालिएको बालुवा-माटोलाई बेचेर सरकारी राजस्व पनि अर्जित गरिनेछ। परियोजनाको क्रियान्वयनको लागि राज्य सिंचाई विभाग अन्तर्गत पश्चिम बंगाल मिनरल डेभलपमेन्ट एण्ड ट्रेडिंग कर्पोरेशन लिमिटेड (एमडीटीसीएल)-लाई जिम्मा सुम्पिइएको छ।
उत्तर बंगालमा मनसुन सक्रिय भइसकेको छ। अहिलेघरि नदी-खनन कार्य शुरू हुन सकेको छैन। तर वर्षा घट्नसाथ टिस्टाको सफाईको कार्य युद्धस्तरमा शुरू गरिनेछ। जानकारहरूको मान्यता अनुसार यो काम समयमै पूरा भयो भने आगामी बर्खा अगावै टिस्टालाई पुरानो बाटोमा फर्काउनु सम्भव हुन सक्ला।
यस परियोजनाको पहिलो चरणमा सिचाई विभागले एमडीटीसीएललाई सेवकको पहाड़ी क्षेत्रदेखि लिएर माल, राजगञ्ज, जलपाईगुड़ी सदर ब्लक हुँदै मयनागुड़ीसम्म लगभग 60 किलोमीटर लामो नदी मार्गको सफाई गर्ने जिम्मेवारी सुम्पिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा