कालीगञ्ज उपचुनाउको लागि कंग्रेसले घोषणा गऱ्यो उम्मेदवारको नाम, वाम मोर्चासित गठबन्धनलाई लिएर असमञ्जस्यता कायम
कालीगञ्ज उपचुनाउको लागि कंग्रेसले घोषणा गऱ्यो उम्मेदवारको नाम, वाम मोर्चासित गठबन्धनलाई लिएर असमञ्जस्यता कायम


कोलकाता, 31 मई (हि.स.)। कालीगञ्ज विधानसभा उपचुनाउमा वाम दलहरूसित गठबन्धनलाई लिएर लगाइएको अड़कलहरूमा विराम लगाउँदै कंग्रेसले बिहीवार आफ्नो उम्मेदवारको नाम घोषणा गरेको छ। पार्टीले नदिया जिल्लाको यस सीटबाट काबिलुद्दीन अहमदलाई उम्मेद्वार बनाएको छ। गए शुक्रवार राती गरिएको यस घोषणासँगसँगै यो पनि स्पष्ट भएको छ, कंग्रेसले वाम मोर्चासित सीट साझा गर्नेछैन। तथापि भाजपा र तृणमूल कंग्रेसलाई परास्त गर्न गठबन्धनको आवश्यकतालाई पार्टीले स्वीकार गरेको छ।

दुई दिन अगाड़ि मात्र माकपाका प्रदेश सचिव मोहम्मद सलिमले कालीगञ्ज उपचुनाउमा आफ्नो पार्टीबाट उम्मेद्वारिता गर्ने घोषणा गर्दै कंग्रेसबाट समर्थन पाउने आशा व्यक्त गरेका थिए। उनले भनेका थिए, हामीले यस क्षेत्रमा पञ्चायत एवं लोकसभा चुनाउमा राम्रो प्रदर्शन गरेका छौं। वर्ष 2016-मा कंग्रेसले यहाँबाट जीत हासिल गरेको थियो, तर उनीहरूको विधायक पछि तृणमूलमा सामेल भएका थिए। यदि हामीले मिलेर चुनाउ लड़्यौं भने भाजपा र तृणमूल दुवैलाई परास्त गर्न सक्छौं।

कंग्रेस सूत्रको भनाइ छ, कालीगञ्ज उनीहरूको पारम्परिक सीट हो र यसै आधारमा पार्टीले यहाँबाट उम्मेद्वारिता गर्ने फसेला गरेको छ। वर्ष 2016-मा कंग्रेसले वाममोर्चासित गठबन्धन गरेर यो सीट जितेको थियो। यसपूर्व वाम मोर्चाको घटक दल आरएसपीले यस सीटमा चार पटकसम्म जीत दर्ता गरिसकेको छ।

माकपाको उद्देश्य विपरीत कंग्रेसले आफ्नो पत्ता खोलेको छ जबकि आरएसपीले माकपालाई समर्थन गर्ने बताएको छ। आरएसपीको भनाइ छ, यदि माकपाले उम्मेद्वार उतारे माकपा उम्मेद्वारलाई उसले समर्थन गर्नेछ।

यसबीच तृणमूल कंग्रेसले आफ्ना दिवंगत विधायक नासिरुद्दीन अहमदकी छोरी अलिफा अहमदलाई उपचुनाउको लागि उम्मेद्वार घोषणा गरेको छ। 38 वर्षीय अलिफा एक प्रतिष्ठित आईटी कम्पनीमा कार्यरत बीटेक स्नातक हुन्। नासिरुद्दीनले वर्ष 2011- मा तृणमूलको टिकटमा कालीगञ्जबाट जीत दर्ता गराए पनि वर्ष 2016- मा फेरि परास्त भएका थिए। त्यसपछि वर्ष 2021-मा जीत हासिल गरेर उनी पुनः फर्केका थिए। उनको निधन भएपछि यो सीट रिक्त भएको थियो।

कंग्रेसका एकजना वरिष्ठ नेताले भने, कालीगञ्ज कंग्रेसको पारम्परिक सीट हो, त्यसैले हाम्रो दाबी स्वभाविक हो। अब माकपाले तय गर्नुछ कि उसले कस्तो नीति अप्नउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande