नाम्ची, 31 मई (हि.स.)। विज्ञान सञ्चार र लोकप्रियीकरण कार्यक्रमको एक भागको रूपमा सिक्किम राज्य विज्ञान तथा प्रविधि परिषद्, विज्ञान तथा प्रविधि विभागले आज नाम्ची सरकारी कन्या वरिष्ठ माध्यमिक विद्यालयमा राष्ट्रिय विज्ञान दिवस 2025 पालन गऱ्यो। यस कार्यक्रमको विषयवस्तु विकसित भारतको लागि विज्ञान र नवप्रवर्तनमा विश्वव्यापी नेतृत्वको लागि भारतीय युवालाई सशक्त बनाउँनु रहेको थियो।
कार्यक्रममा नाम्ची सरकारी कन्या वरिष्ठ माध्यमिक विद्यालयका प्राचार्य प्रमुख अतिथिकोरूपमा उपस्थित थिए। यस अवसरमा स्रोतवक्ताकोरूपमा नाम्ची सरकारी महाविद्यालयका सह प्रध्यापक डा. कमल पौड्याल रहेका थिए। कार्यक्रममा विभिन्न विषयमाथि प्रतियोगिता आयोजना गरिएको थियो, जसमा विज्ञान, निबन्ध, चित्रकला आदि समावेश गरिएको थियो। कार्यक्रममा नाम्ची, सोरेङ र गेजिङ जिल्लाका विभिन्न विद्यालयबाट कूल 150 जना विद्यार्थीले अंशग्रहण गरेका थिए भने प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरियो।
विज्ञान विषयमा नाम्ची वरिष्ठ माध्यमिक विद्यालय प्रथम, नाम्ची कन्या वरिष्ठ माध्यमिक विद्यालय दोस्रो र न्यू सेकेण्डरी स्कूलले तेस्रो स्थान हासिल गर्न सफल बन्यो। सोही प्रकारले निबन्ध प्रतियोगितामा नाम्ची कन्या उच्चत्तर माध्यमिक विद्यालय प्रथम बन्यो भने न्यु सेकेण्डेरी स्कूल दोस्रो र क्योङसा उच्चत्तर माध्यमिक विद्यालयले तेस्रो स्थान ओगटन सफल भयो।
यसरी नै चित्रकला प्रतियोगितामा च्याखुङ वरिष्ठ माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गऱ्यो भने क्योङसा वरिष्ठ माध्यमिक विद्यालय दोस्रो र किताम वरिष्ठ माध्यमिक विद्यालय तेस्रो बन्यो।
हिन्दुस्थान समाचार / प्रदीप