गान्तोक, 31 मई (हि.स.)। उत्तर सिक्किमको मुन्शिथाङमा पर्यटकहरू चढेको वाहन दुर्घटनाग्रस्त भएको आज दुई दिन बितेर जॉंदा पनि दुर्घटनामा बेपत्ता बनेका चालकसहित 9 जना पर्यटकहरूको कुनै टुङ्गो लागेको छैन। बेपत्ता बनेका मानिसहरूलाई जिउॅंदै उद्धार गर्न सकिने सम्भावना अब लगभग समाप्त भएको छ। अर्कोतिर, शुक्रवार राति परेको भारी वर्षा अझ समस्या थपेको छ भने खोज एवं उद्धार कार्य समेत प्रभावित बनेको छ।
मंगन जिल्लाका पुलिस अधीक्षक सोनाम डी. भोटियाले आज पत्रकारहरूलाई दुर्घटनाको बारेमा जानकारी गराउॅंदै शुक्रवार राति परेको भारी वर्षाले खोज एवं उद्धार कार्य प्रभावित बनेको बताए। भारी वर्षाका कारण ठाउॅं-ठाउॅंमा पैह्रो झरेको छ भने टिस्टा नदीको जलस्तर पनि अत्यधिक बढेको छ। उद्धार टोली बेपत्ता बनेका मानिसहरूको खोजी लागिपरेका छन्, तर प्रतिकूल मौसमका कारण वाधा उत्पन्न भइरहेको उनले बताए।
पुलिस अधीक्षकले घटना 29 मई राति 7:30 बजीदेखि 8:30 बजीतिर भएको हुन सक्ने सम्भावना व्यक्त गरे। उनले लाचुङबाट 10 जना यात्री लिएर आइरहेको वाहन मुन्शिथाङ छेउ छोबोम्पूमा सड़क मार्गदेखि लगभग 1000 फुट तल टिस्टा नदीमा झरेको जानकारी गराए। उनले दुर्घटनाको कारण अहिले थाहा नलागेको बताउॅंदै जॉंचपछि मात्र स्पष्ट हुने बताए।
उनले भने, पर्यटकहरू लाचुङबाट दुईवटा वाहनमा फर्किरहेका थिए भने दुर्घटनाग्रस्त वाहन पछाडि-पछाडि आउॅंदै थियो। चुङथाङ पुगेर निकै बेरसम्म प्रतीक्षा गर्दा पनि गाडी नआइपुगेपछि चालकहरूले यसको सूचना चुङथाङ पुलिसलाई लिएर। चुङथाङ पुलिसको अगुवाईमा अग्निशमन, आईटीबीपी र चालकहरूको एक टोली बेपत्ता बनेको गाडी खोज्न निक्ले।
उनले वाहन दुर्घटनामा परेको थाहा लाग्यो र राति लगभग 10-11 बजी दुर्घटना स्थलको पत्ता लागेपछि खोज एवं उद्धार कार्य शुरू गरिएको बताए। यस क्रममा दुर्घटना स्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको र स्थानीय अस्पतालमा प्राथमिक उपचार गराएपछि भोलिपल्ट राजधानीको एसटीएनएम अस्पताल रेफर गरिएको उनले जानकारी गराए।
उनले वाहन सिङघिक निवासी पासाङ शेर्पाले चलाइरहेका थिए भने वाहनमा ओडिशा, त्रिपुरा र उत्तर प्रदेशका पर्यटकहरू रहेको बताए। उनले खोज कार्य जारी रहेको र चॉंडै बेपत्ता बनेका मानिसहरूको टुङ्गो लाग्ने बताए।
हिन्दुस्थान समाचार / बिशाल