गान्तोक, 31 मई (हि.स.)। रम्फू पुलिसले नशालु पदार्थ सहित तीन जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा एक जना महिला र दुईजना पुरूष सामेल रहेका छन्।
रम्फू पुलिसद्वारा चेक पोस्टमा गरिएको जाँचको क्रममा तीन जनालाई पक्राउ गरेको हो। पक्रा पर्नेहरूमा गान्तोक निवासी जसमाया कामी, दिनेश विश्वकर्मा र सिमोन राई सामेल रहेका छन्। पुलिसले अनुसार, पक्रा पर्ने यी तिनै आरोपी सिलगढीदेखि गान्तोक आउने बसमा सवार थिए।
पुलिसले आरोपीहरूबाट कूल 2,847 वटा प्रतिबन्धित क्याप्सुल जफत गरिएको छ। आरोपीहरू विरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट 2006 अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / प्रदीप