मालदा ,31 मई (हि.स.)। पश्चिम बंगालमा सरकारी नियुक्तिलाई लिएर फेरि एकपटक विवाद गहिरिँदैछ। यसपालि मामिला तृणमूल कंग्रेसका मालदा जिल्ला अध्यक्ष अब्दुर रहिम बख्शीकी छोरीको सरकारी नोकरीसित जोड़िएको छ। आरोप छ, राज्यको सिंचाई तथा जनपथ विकास विभागमा बख्शीकी छोरी आसिफा शबनमलाई 'विशेष प्रभाव' अन्तर्गत नोकरी दिइएको छ।
स्मरण गराइन्छ, सुप्रीम कोर्टद्वारा भर्खरै 26 हजार शिक्षकहरूको भर्तीलाई रद्द गरिएको छ जसको विरोधमा आज पनि शिक्षकहरू सड़कमा छन्। भाजपाले यस नियुक्तिलाई लिएर राज्य सरकार अनि तृणमूल कंग्रेसप्रति हमला गरेको छ।
भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारले सोशल मीडिया मञ्च एक्समा शनिवार यस मुद्दालाई उठाउँदै लेखेका छन्, एकातिर राज्यका लाखौं योग्य एवं प्रतिभाशाली बेरोजगार युवाहरू नोकरीको मागमा सड़कमा रात बिताउन बाध्य भइरहेका छन् भने अर्कोतिर तृणमूल नेताकी छोरीलाई चुपचाप नियुक्ति दिनुले सरकारको दोहोरो नीतिलाई उजागार गर्दछ। के यही हो ममता सरकारको पारदर्शी शासन।
मजुमदारले यो पनि आरोप लगाएका छन्, यो नियुक्ति राज्यको सिंचाई तथा जनपथ विभागकी राज्यमन्त्री सबिना यास्मीनको प्रभावबाट भएको हो। उनले सरकारसित जवाफदेहीको माग गर्दै प्रश्न उठाएका छन्, युवाहरूसित यसप्रकारको अन्याय कहिलेसम्म जारी रहनेछ।
यस आरोपमा तृणमूल मन्त्री सबिना यास्मीनले तीव्र शब्दमा प्रतिक्रिया व्यक्त गर्दै भनेकी छन्, म कसलाई नोकरी दिन्छु भन्ने कुरा मेरो र पार्टीको विषय हो। यदि सुकान्त मजुमदारलाई यति नै आपत्ति छ भने आफ्नो छोराको नाम पनि पठाउन् जसमाथि विचार गर्नेछु। अर्कोतिर मामिलाको गम्भीरतलाई मध्यनजर गर्दै तृणमूल नेता अब्दुर रहिम बख्शीले आफूलाई यस विवाददेखि अलग्याउँदै भनेका छन्, उनकी छोरी विवाहिता हुन्। उनी भिन्नै बस्छन्। उनले भने, मेरी छोरीलाई नोकरी कसरी प्राप्त भयो यसबारे मलाई जानकारी छैन। उसले नै सबैकुरा स्पष्ट पार्नसक्छ।
राजनीतिक आरोप-प्रत्यारोपबीच राज्यमा सरकारी भर्तीहरूको मामिलामा पारदर्शितालाई लिएर एकपटक फेरि प्रश्न उठ्न थालेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा