अब भर्ने छैनौं फारम योग्य बर्खास्त शिक्षकहरूको घोषणा, रिभ्यु पिटिशनको सुनवाईसम्म प्रतिक्षा
अब भर्ने छैनौं फारम योग्य बर्खास्त शिक्षकहरूको घोषणा, रिभ्यु पिटिशनको सुनवाईसम्म प्रतिक्षा


कोलकाता, 31 मई (हि.स.) राज्य सरकारद्वारा शिक्षक भर्तीको लागि नयाँ अधिसूचना जारी गरिएपछि पनि 'योग्य' बर्खास्त शिक्षकहरू तत्काल फरम भर्ने पक्षमा छैनन्। यी शिक्षकहरूको भनाइ छ, उनीहरू त्यसबेलासम्म कुनै पनि नयाँ प्रक्रियामा भाग लिने छैनन् जबसम्म उच्चतम न्यायालयमा राज्य सरकारद्वारा दर्ता पुनर्विचार याचिकामाथि सुनवाई हुँदैन।

गए शुक्रवार, 30 मईमा सुप्रीम कोर्टको आदेशलाई पालन गर्दै पश्चिम बंगाल सरकारले शिक्षक भर्तीको लागि नयाँ अधिसूचना जारी गऱ्यो। तर यसमा असहमति व्यक्त गर्दै पूर्वमा परीक्षा उतीर्ण गरिसकेका र पछि बर्खास्त भएका शिक्षकहरू सड़कमा उत्रेका छन्।गए शुक्रवार बिहानदेखिकै सियालदह स्टेशनमा भेला भएर यी शिक्षकहरू नवान्न तर्फ मार्च गर्नेवाला थिए, तर पुलिसले उनीहरूलाई सियालदहमै रोक्यो। कतिपय स्थानहरूमा पक्राउ गरिएको पनि सूचना छ। यस अवधि शिक्षकहरूले पुलिसमाथि ज्यादति गरेको आरोप लगाए।पुलिस कारबाहीको विरोध गगर्दै यी बर्खास्त शिक्षकहरूले आइतवार राज्यभरि नै धिक्का ऱ्याली निकाल्ने घोषणा गरेका छन्। आन्दोलनकारी शिक्षकहरूको भनाइ छ, उनीहरूलाई पहिला नै एकपटक परीक्षामा सफल मानेर नोकरी दिइएको थियो, त्यसैले उनीहरूलाई फेरि परीक्षा दिनको लागि बाध्य बनाउनु अन्यायपूर्ण हो।

सरकारसित पुनर्नियुक्तिको माग-

बर्खास्त शिक्षकहरूको स्पष्ट माग छ, उनीहरूलाई नयाँ शिराबाट परीक्षा दिनको सट्टा उनीहरूको पछिल्लो परिणाम अनि योग्यताको आधारमा सम्मानपूर्वक नोकरीमा पुनर्नियुक्त गरियोस्। जबसम्म सुप्रीम कोर्टमा दर्ता रिभ्यु पिटिशनमा कुनै फसेला हुँदैन, तबसम्म उनीहरू कुनै नयाँ प्रक्रियामा भाग लिने छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande