रिम्बी चोङराङ जीपीयुमा पर्यटकहरूलाई आकर्षित गर्न पार्क निर्माण कार्य शुरू
रिम्बी चोङराङ जीपीयुमा पर्यटकहरूलाई आकर्षित गर्न पार्क निर्माण कार्य शुरू


गान्तोक, 31 मई (हि.स.)। मुख्यममन्त्री प्रेमसिंह तामाङको सिक्किम राज्यलाई एक प्रमुख पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने परिकल्पनालाई साकाररूप प्रदान गर्ने तथा सुनौलो, समृद्ध र सामर्थ सिक्किम बनाउने उद्देश्यका साथ राज्यका विभिन्न क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण कार्यहरू भइरहेका छन्।

यसै क्रममा योक्सम टाशीडिङ निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री छिरिङ टी. भोटिया र याङथाङ समष्टिका विधायक तथा मन्त्री भीमहाङ लिम्बूको विशेष मार्गनिर्देशनमा अनि रिम्बी तिम्ब्रोङ जीपीयुका पञ्चायत अध्यक्ष मंगलजीत राईको पहलमा क्षेत्रलाई पर्यटन प्रवर्धन गर्न रिम्बी चोङराङ जीपीयुमा पार्क निर्माण गर्ने कार्य सम्पन्न भइरहेको छ।

स्थानीय जनताको विशेष श्रमदानमा यहाँ पार्क निर्माण गर्ने कार्य भइरहेको छ भने राज्यका विभिन्न समष्टिबाट व्यक्ति विशेष एवं संघ संस्थाहरूले स्वेच्छाले श्रमदान गरिरहेका छन्। आज मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा, एसकेएम पार्टी प्रवक्ता सञ्जय दिलपाली राई, मुख्यमन्त्रीकी कानुनी समन्वयक पुजा लामिछाने, प्रचार प्रसार प्रकोष्ठकी अध्यक्षा रञ्जना प्रधान, गैर सरकारी संस्था भोईस एनजीओका 30 सदस्य लगायत विभिन्न समष्टिबाट सहयोगीहरूले श्रमदान दिएका छन्।

मुख्यमन्त्रीको मार्गदर्शनमा वर्तमान एसकेएम सरकारले राज्यलाई विकासको दिशामा अघि बढाउन शुरू गरेको विविध पहलहरूको उल्लेख गर्दै मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बाले आजको यस श्रमदानमा सहभागी बनेर आफूले पनि श्रमदान गरेको जनाउँदै यस्ता पहलले सबैलाई प्रेरित गर्ने मन्त्व्य व्यक्त गरेका छन्। आजको यस श्रमदानमा लगभग 90 युवाहरूले उत्साहका साथ सहभागिता जनाएका थिए।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande