मंगन, 31 मई (हि.स.)। लाचेम मंगन निर्वाचन क्षेत्रका विधायक एवम् मन्त्री साम्डुप लेप्चाले आज पैह्रोग्रस्त क्षेत्रको निरीक्षण गरे। विशेष गरेर मन्त्री लेप्चा चुङथाङ, थिङ, टुङ-नागामा पैह्रोग्रस्त क्षेत्रहरूको निरीक्षण गर्दै पैह्रोले पुऱ्याएको क्षयक्षतिबारेमा जानकारी लिए।
उल्लेखनीय छ, गत केही दिन अघिदेखि निरन्तर रूपमा परेको पानीले मंगन जिल्लाका विभिन्न स्थानहरूमा व्यापकरूपमा क्षति पुऱ्याएको छ। मन्त्री लेप्चाले 29 मईका राति पर्यटकहरू वाहन दुर्घटना भएको स्थलको पनि निरीक्षण गर्दै उद्धार अभियानबारे जानकारी लिए।
यसपछि मन्त्रीले चुङथाङ ग्राम पञ्चायत युनिटका मानिसहरूलाई लिएर एक सचेतना कार्यक्रमको पनि आयोजना गरियो, जसमा उनले अविरल वर्षाका कारण हुन सक्ने क्षतिलाई लिएर सबैलाई सचेत बस्ने आग्रह गरे। उनले स्थानीयहरूलाई मनसुनको चुनौती सामना गर्न तयार बस्नु पर्ने र आफ्नो सुरक्षा सुनिश्चित गर्न सशक्त हुनुपर्ने बताए।
सोही क्रममा मन्त्री लेप्चाले सडक अवस्थाबारेमा छलफल गर्न ग्रेफका अधिकारीहरूसँग भेट गरे।
हिन्दुस्थान समाचार / प्रदीप