सिलगढ़ी, 31 मई (हि.स)। घोषपुकुर चौकीको पुलिसले चार चक्के वाहनबाट प्रचुर मात्रामा गाँजा जफ्त गरेको छ। यसरी नै गाँजा तस्करी गरेको आरोपमा पुलिसले दुईजना तस्करहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने तस्करहरूमा अजीत मण्डल र मोहम्मद रबिउल सामेल छन्। दुवै नै जलपाईगुड़ी जिल्लाको बीरपाड़ा निवासी हुन्।
पुलिस सूत्र अनुसार गए शुक्रवार अबेर राती गुप्त सूचनाको आधारमा फाँसीदेवा थाना अन्तर्गत घोषपुकुर चौकीको पुलिसले असमदेखि कोलकाता तर्फ गइरहेको चार चक्के वाहनलाई रोकेर जाँच गऱ्यो। यस अवधि वाहनबाट 40 किलो गाँजा जफ्त गरियो जसको अनुमानित बजार मूल्य लाखौं रुपियाँ रहेको छ। त्यसपछि पुलिसले वाहनमा बसेका अजीत मण्डल र मोहम्मद रबिउललाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गऱ्यो। घोषपकुर चौकीको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा