गान्तोक, 31 मई (हि.स.)। भारत दर्शन कार्यक्रमको एक भागकोरूपमा मसूरीस्थित लाल बहादुर शास्त्री राष्ट्रिय प्रशासन प्रतिष्ठानमा आफ्नो आधारभूत तालिम लिइरहेका देशका विभिन्न राज्यका भारतीय प्रशासनिक सेवा (आईएएस) अधिकारीहरूको समूहले सिक्किम भ्रमणको क्रममा आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा भेट गरे। यस अवसरमा राज्यपालका आयुक्त सह सचिव जितेन्द्र सिंह राजेले अधिकारीहरूलाई राजभवनमा हार्दिक स्वागत जनाउँदै सिक्किमको सुन्दर र शान्त राज्यमा उनीहरूको बस्ने व्यवस्थापन र आतिथ्यपूर्ण स्वागत राम्रो रहने आशा व्यक्त गरे।
अन्तरक्रियाको क्रममा अधिकारीहरूले राज्यपाललाई आफ्नो परिचय दिँदै भ्रमणको क्रममा आफ्ना अवलोकन र अनुभवहरू साझा गरे। उनीहरूले राज्यभरि कायम राखिएको असाधारण सरसफाईको प्रशंसा गरे। अधिकारीहरूको यस प्रकारको प्रशंसनीय पहलले सिक्किमका मानिसहरूमा गहिरो जरा गाडेको र नागरिक भावनाले ओतप्रोत बनेको उदाहरण प्रस्तुत गरेको छ।
अधिकारीहरूले राज्यको सुनियोजित पर्यटन पूर्वाधार, विशेष गरी सफा र सरसफाई सुविधाहरूको प्रावधानको पनि प्रशंसा गरे। नथुलाको भ्रमणले उनीहरूलाई अमेट छाप छोड्नका साथै त्यहाँ तैनाथ भारतीय सेनाका कर्मचारीहरूको समर्पण र लचिलोपन प्रत्यक्ष देख्ने अवसर प्राप्त गरेको बताए।
आफ्नो सम्बोधनमा राज्यपालले अधिकारीहरूलाई सिक्किममा स्वागत गर्न पाउँदा खुशी व्यक्त गरे। उनले जैविक खेतीमा अग्रणी र देशको सबैभन्दा सुरक्षित राज्यहरू मध्ये एककोरूपमा सिक्किमको विशिष्ट पहिचान रहेको बताए। उनले गर्वका साथ सिक्किमले महिला सशक्तिकरणमा निरन्तर उदाहरणीय प्रगति प्रदर्शन गर्दै आइरहेको र महिलाहरूले विभिन्न क्षेत्रहरूमा अग्रणी भूमिका निर्वाह गरिरहेको पनि अवगत गराए।
सिक्किमको सैन्य इतिहासको महत्त्वबारेमा जानकारी गराउँदै राज्यपालले चीनसँगको ऐतिहासिक 1967 को नाथुला भीडन्तको उल्लेख गरे। उनले मेजर जनरल सगत सिंहको वीरताप्रति श्रद्धाञ्जलि अर्पण गरे, जसको नेतृत्वले राष्ट्रको रक्षामा निर्णायक भूमिका खेलेको जानकारी गराए।
हिन्दुस्थान समाचार / प्रदीप