कोलकाता, 31 मई (हि.स.)। स्थानान्तरणलाई लिएर भइरहेको विवादबीच डाक्टर देवाशीष हलदर र डाक्टर अशफाकुल्ला नाइयाले अन्ततः ग्रामीण क्षेत्रहरूमा आफ्नो नयाँ नियुक्तिलाई अप्नाउने फसेला गरेका छन्। तथापि डाक्टर अनिकेत महतो भने अहिले पनि आफ्नो निर्णयमा अडिग छन् र कानूनी लड़ाईँको मार्गलाई चुनेका छन्।
पश्चिम बंगाल स्वास्थ्य विभागद्वारा हालैमा जारी आदेश अनुसार जूनियर डाक्टरहरूलाई वरिष्ठ रेजिडेन्टको रूपमा जिल्ला अस्पतालहरूमा नियुक्त गरिएको थियो। यस निर्णयपछि डाक्टर देवाशीष हलदर (गाजोल मेडिकल कलेज, मालदा), डाक्टर अशफाकुल्ला नाइया (पुरुलिया देबेन महतो मेडिकल कलेज) औ डाक्टर अनिकेत महतो (रायगञ्ज मेडिकल कलेज)-लाई क्रमशः आफ्नो ड्यूटी ज्वोइन गर्नुथ्यो।
तथापि शुरूमा तीनजना डाक्टरहरूले नियुक्तिलाई लिएर असहमति व्यक्त गर्दै सरकारी आदेशविरूद्ध मोर्चा खोलेका थिए। तर अब डाक्टर देवाशीष र डाक्टर अशफाकुल्लाले आफ्नो नीति परिवर्तन गर्दै ड्यूटी ज्वोइन गर्ने निर्णय लिएका छन्।
डाक्टर देवाशीष हलदरले भने, हामीले काममा फर्किने निश्चित गरेका छौं ताकि स्थानीय मानिसहरूलाई कुनै प्रकारको समस्या नहोस्। हामी यो पनि देखाउन चाहन्छौं कि यो आन्दोलन डाक्टरहरूको मात्र होइन जबकि आम मानिसहरूको पनि हो।
काममा फर्किएको भए पनि डाक्टर देवाशीष हलदर र डाक्टर अशफाकुल्ला नाइयाले आफ्नो नियुक्तिलाई कानूनी चुनौती पनि दिएका छन्। गए शुक्रवार उनका वकिल शमिम अहमदले कलकत्ता हाई कोर्टमा याचिका दर्ता गराए। यस मामिलाको सुनवाई आगामी 5 जूनमा नियमित पीठमा हुनसक्छ।
यसबीच डाक्टर अनिकेत महतोले अहिलेसम्म राजयगञ्ज कलेजमा ज्वोइन गरेका छैनन्। डाक्टर देवाशीष अनुसार, अनिकेतले काममा ज्वोइन नगरी कानूनी लड़ाईँलाई जारी राख्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा