गुवाहाटी , 31 मई (हि.स.)। गुवाहाटीको बोंदा क्षेत्रमा निरन्तर परिरहेको पानीले गर्दा पैह्रो गएर एक जना महिला सहित दुई जना नानीहरूको मृत्यु भयो।
पुलिसले शनिवार बतायो, बितेको तीन दिनदेखिको लगातार परिरहेको पानीले गर्दा बोंदाको पहाड़ी क्षेत्रमा पैह्रो गयो। यसै पैह्रोको चपेटमा परी पुनम गोस्वामी सहित उसकी छोरी मिनाक्षी गोस्वामी र भाञ्जी रञ्जीता बोड़ोको मृत्यु भयो।
घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले तीनै वटा शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। अचानक भएको यस घटनाको कारणले क्षेत्रमा शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा