एक हातमा धारिलो हतियार र अर्को हातमा महिलाको शिर लिएर घुमिरहेको थियो युवक, पुलिसले समात्यो
एक हातमा धारिलो हतियार र अर्को हातमा महिलाको शिर लिएर घुमिरहेको थियो युवक, पुलिसले समात्यो


हुगली, 31 मई (हि.स.)। दक्षिण 24 परगना जिल्लाको बांसती क्षेत्रमा शनिवार बिहान एकजना युवकलाई एउटा हातमा धारिलो हतियार र अर्को हातमा महिलाको काटेको टाउको लिएर घुमेको देखियो। स्थानीय मानिसहरूले पुलिसलाई घटनाको सूचना दिएपछि पुलिसले युवकलाई पक्राउ गऱ्यो। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार युवकले आफ्नी भाउज्युको हत्या गरेपछि टाउको हातमा लिएर घुमिरहेको थियो।

पुलिस सूत्र अनुसार आरोपी युवकको नाम बिमल मण्डल हो। पुलिसको शुरुआती अनुमानमा पारिवारिक विवादको कारणले यस नृशंस हत्यालाई परिणाम दिइएको हो। तथापि यस कुराको जाँच गरिँदैछ कि यसको पछाड़ि अन्य कारण त छैन। पुलिसले आरोपी विमलको मानसिक स्थितिलाई लिएर आशंका व्यक्त गरेको छ।

स्थानीय कतिपय मानिसहरूले यस घटनामा परिवारका महिलाहरूको सुरक्षालाई लिएर पनि प्रश्न उठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ। विस्तृत जानकाकरीको लागि जाँचबुझ भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande