गेजिङ जिल्ला प्रशासनिक केन्द्र परिसरमा विश्व तम्बाकू निषेध दिवस पालन
गेजिङ जिल्ला प्रशासनिक केन्द्र परिसरमा विश्व तम्बाकू निषेध दिवस पालन


गेजिङ, 31 मई (हि.स.)। गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्र परिसरमा आज विश्व तम्बाकू निषेध दिवस पालन गरियो। यस अवसरमा गेजिङ जिल्लाका जिल्लापाल तेञ्जिङ.डी डेञ्जोङपाले अतिरिक्त जिल्लापाल सुरेश राई, महकुमा अधिकारी (मुख्यालय) सन्देश सुब्बा लगायत अन्य अधिकारीहरूलाई शपथ ग्रहण गराए।

विश्व तम्बाकू निषेध दिवस विशेष गरेर विश्व स्वास्थ्य संगठनको नेतृत्वमा शुरू गरिएको एक अभियान हो, जसले सुर्तीजन्य पदार्थको प्रयोगको खतराहरूबारे जागरूकता जगाउँछ र यसको प्रयोग कम गर्न प्रभावकारी नीति निर्माण गर्न सदैव सुझाउ राख्दै आइरहेको छ। यस वर्षको विषयवस्तु सुर्तीजन्य पदार्थ र निकोटिन उत्पादनहरूमा उद्योग रणनीतिहरूको खुलासा गर्नु रहेको हो।

आफ्नो सम्बोधनमा जिल्लापालले जिल्लाका कार्यालय प्रमुखहरूलाई आ-आफ्नो कार्यस्थलको सरसफाई र स्वच्छता कायम राख्न निर्देशन दिँदै आगामी 2025 को स्वतन्त्रता दिवस समारोहको अवसरमा जिल्लाको सबैभन्दा सफा विभागलाई पुरस्कार प्रदान गर्ने घोषणा गरे।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande