नयाँ दिल्ली, 01 जून (हि.स.)। दिल्लीका शिक्षा मन्त्री आशिष सुदले आइतवार प्रधानमन्त्री नरेन्द्र मोदीको फिट इण्डिया मुभमेन्ट अन्तर्गत दिल्ली शिक्षा निदेशालयद्वारा आयोजित ‘सण्डे अन साइकल’ अभियानमा भाग लिए।
यस अवसरमा मन्त्री आशिष सुदले पत्रकारहरूसित बातचित गर्दै भने, प्रधानमन्त्री नरेन्द्र मोदीले देशको खेल पारिस्थितिकी तन्त्रलाई सशक्त बनाउनको लागि धेरैवटा कदमहरू उठाएका छन्। देशमा फिट इण्डिया मुभमेन्ट अनि खेलो इण्डिया मुभमेन्ट लोकप्रिय भएको छ। आज जनकपुरी क्षेत्रका युवा, बाल-बालिका, विद्यार्थी एवं बुजुर्गहरूले सण्डे अन साइकल अभियानमा भाग लिए।
उनले भने, यो एक साइक्लोथन मात्र होइन जबकि यो जनसहभागिता, स्वास्थ्यप्रति जागरूकता अनि ऊर्जाको जीवन्त उत्सव हो। हरेक आयु वर्गका नागरिकहरूको सक्रिय सहभागिता यस कुराको प्रमाण हो, भारतको खेल अनि स्वास्थ्य तन्त्र निरन्तर सशक्त हुँदै गइरहेको छ। फिट नागरिक नै एक सशक्त राष्ट्रको आधार हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा