दिल्ली मेट्रोले शुरू गऱ्यो विशेष श्रेणीका यात्रीहरूको लागि प्रायोरिटी फ्रिक्सिंग सुविधा
दिल्ली मेट्रोले शुरू गऱ्यो विशेष श्रेणीका यात्रीहरूको लागि प्रायोरिटी फ्रिक्सिंग सुविधा


नयाँ दिल्ली, 1 जून (हि.स.)। दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी)-ले केन्द्रिय औद्योगिक सुरक्षा बल (सीआईएसएफ)-सित मिलेर विशेष श्रेणीका यात्रीहरूको लागि मेट्रो स्टेशनमा प्राोरिटी फ्रिक्सिंग (प्राथमिकता जाँच)-को सुविधा शुरू गरेको छ। यस पहलको उद्देश्य विशेष आवश्यकतामा रहेका यात्रीहरूलाई एक सहज, सुरक्षित तथा सुविधानजक यात्रा अनुभव प्रदान गर्नु हो।

यस सुविधाको लाभ दिव्यांगजन, गर्भवती महिला, नानीकी आमाहरू, वरिष्ठ नागरिक तथा घाइते व्यक्तिहरूले उठाउन सकुन्। मेट्रो स्टेशनमा यस्ता यात्रीहरूलाई अब सुरक्षाको जाँच अवधि प्राथमिकता दिइनेछ जसबाट उनीहरूलाई लामो ताँतमा बस्न नपरोस्।

डीएमआरसीले आइतवार बतायो, यो पहल मेट्रो प्रणाली तर्फ अधिक समावेशी, सुलभ तथा संवेदनशील बनाउने दिशामा थप अर्को महत्वपूर्ण कदम हो। यसको माध्यमबाट दिल्ली मेट्रो यो सुनिश्चित गर्न चाहन्छ कि सबै यात्री विशेष गरी आवश्यकतामा रहेका मानिसहरूले मेट्रो सेवाको लाभ उठाउन सकोस्।

डीएमआरसीले बतायो, यदि कुनै यात्रीलाई लिएर सन्देह भयो भने सुरक्षा कर्मीहरूले सम्बन्धित यात्रीलाई उचित दस्तावेज देखाउने अनुरोध गर्न सक्नेछन्। डीएमआरसी र सीआईएसएफले मिलेर यस योजनालाई सही ढंगमा लागू गर्ननको लागि दिशानिर्देश तयार गरिरहेको छ ताकि सबै योग्य यात्रीहरूलाई यसको लाभ कुनै प्रकारको अड़चन बिनै प्राप्त हुन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande