उत्तर 24 परगना, 1 जून (हि.स.)। उत्तर 24 परगना जिल्लामा सोदपुरको घोला थाना अन्तर्गत महेन्द्रनगर क्षेत्रमा गए शनिवार राती एक बुजुर्ग दम्पतिको गलफन्दामा झुण्डिरहेको शव भेटियो। दम्पतिको मृत्युलाई लिएर असमञ्जस्यताको स्थिति उत्पन्न भएको छ।
पारिवारिक सूत्र अनुसार मृतकहरूको नाम शेखर सामन्त र मनिका सामन्त रहेको छ जो महेन्द्र नगर क्षेत्र निवासी हुन्। शेखर सामन्त नोकरीबाट सेवानिवृत्त भइसकेका थिए। उनीहरूकी छोरी बाहिर बस्छे। शेखरको घरमा उनको भाइको परिवार आउने-जानेे गर्थ्यो। गए शनिवार रात शेखर सामन्तको भतिज उनको घरमा आएको थियो।
क्षेत्रमा लोडशेडिंग भएको कारण सम्पूर्ण घर अध्याँरो भएको थियो। भतिजले मोबाइल फोनको फ्ल्याश अन गरेर हेर्दा सबैभन्दा पहिला मनिका देवीको शव देख्यो। उसले दौड़ेर घरका सदस्यहरूलाई सूचित गऱ्यो। परिवारका अन्य सदस्यहरू आएर हेर्दा मोनिका देवीको छेवैमा शेखर बाबूको शवलाई पनि देखियो। खबर पाउनसाथ घोला थानाको पुलिस घटनास्थलमा पुग्यो। शवलाई पोस्टमर्टमको लागि पठाइएको छ।
मृत शेखरका भाइ सुनिल सामन्ले भने, कोही दिनपूर्व मेरो ससुराको मृत्यु भएको थियो। हामी त्यहाँ व्यस्त थियौं। गए शनिवार राती मेरो छोरा मेरो दाज्युको घरमा गएको थियो। त्यहाँ पुग्दा उसले भाउज्युको शव देख्यो, त्यसपछि उसले हामीलाई बतायो। पछि दाज्युको शव पनि घरभित्रै भेटियो। मैले बुझ्न सकिरहेको छुइनँ कि यो कसरी भयो। पुलिसलाई जाँच गर्न दिऔं।।
छर-छिमेकका मानिसहरूको भनाइ छ, शेखर बाबू र उनकी पत्नी धेरै शान्त स्वभावका थिए। उनीहरूलाई कसैबाट कुनै प्रकारको समस्या थिएन। यस्तो स्थितिमा दुईजनाको अचानक मृत्युले उनीहरू हैरान भएका छन्। यस कुरालाी लिएर शंका उत्पन्न भएको छ कि यो आत्महत्या थियो कि हत्या। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा