तामुलपुर (असम), 1 जून (हि.स.)। तामुलपुरको बगाजुलीस्थित सालबाड़ी गाउँमा जंगली हात्तीको हमलामा एक जना बुजुर्ग व्यक्तिको मृत्यु भयो जसको पहिचान सनेश्वर ब्रह्म (75)- को रूपमा भएको छ।
हात्तीहरूको झुण्डबाट आएको एउटा दन्ते हात्तीले घरको बार भत्काएर घरभित्र राखिएको धानलाई खान थाल्यो। बुजुर्ग व्यक्तिले टर्च बालेर हात्तीलाई लखेट्ने चेष्टा गरे। यसै अवधि घरभित्रबाट सुनेश्वर ब्रह्म नामक व्यक्तिलाई सुँड़ले तानेर खुट्टाले कुल्चियो। आक्रोशित हात्ती ब्रह्मको ज्यान लिएर पनि सन्तुष्ट भएन। शवलाई घर नजिकैको पोखरीमा फालिदियो।
यो घटना गए अबेर राति लगभग एक बजी भएको बताइएको छ। वर्षाबीच गाउँमा हात्तीहरूको झुण्ड प्रवेश गरेको थियो। हात्तीहरूको निम्ति अत्यधिक संवेदनशील क्षेत्र भएको कारणले स्थानीयहरूले माग गरेका छन्, सरकारले चाँड़ै वन विभागलाई उचित वाहन प्रदान गरोस्। उनीहरूको भनाइ छ, वाहनहरूको अभावको कारणले राती हात्तीहरूलाई लखेट्नको लागि वन विभागको टीम समयमा पुग्न सक्दैन।
वन विभागमाथि स्थानीय मानिसहरूले आक्रोश व्यक्त गरेका छन्। घटनापछि सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ। सूचना पाउनसाथ बिहान वन विभागको टीम घटनास्थलमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा