जोरहाट (असम), 01 जून (हि.स.)। यस वर्षको पहिलो वर्षामै राज्यमा बाढ़ीले भयानक रूप धारण गरिसकेको छ। बाढ़ीको कारण जोरहाट जिल्लाको टियकस्थित जांजीमुक क्षेत्रका निवासीहरूलाई भयावह स्थितिको सामना गर्न परिरहेको छ। बितेका केही दिनदेखिको जारी अनियन्त्रित वर्षाले ब्रह्मपुत्रको पानी द्रूत गतिमा बढ़ेको छ जसबाट केही गाउँहरू जलमग्न भएका छन्। यसबीच क्षेत्रका 20 वटाभन्दा अधिक गाउँ बाढ़ीको पानीमा डुबिसकेका छन्।
यसबीच जांजीमुखको जांजी नदीमा अवस्थित बोरालिमारा, प्लेटफर्म क्षेत्रमा मानिसहरूको यातायातको लागि बनाइएको बाँसको पुललाई पनि बगाएको छ जसले गर्दा आठ वटा गाउँहरूको सम्पर्क विच्छेद भएको छ।
उल्लेखनीय छ, असम सरकारको क्याबिनेटले उक्त प्लेटफार्म क्षेत्रमा एउटा पक्का पुल निर्माण गर्ने निर्णय गरेको थियो, तर अहिलेसम्म कुनै प्रकारको प्रगति नभएको कारण मानिसहरू आक्रोशित भएका छन्। अचानक आएको बाढ़ीको कारण मानिसहरूलाई पशुधनको क्षति भइरहेको छ। यस मामिलामा सरकार अनि जिल्ला प्रशासनसित शीघ्र नै ठोस कदम उठाउने माग स्थानीयहरूले गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा