सर्पले डसेर गृहणीको मृत्यु
सर्पले डसेर गृहणीको मृत्यु


सिलगढ़ी, 01 जून (हि.स.)। सर्पले डसेर एकजना गृहणीको मृत्यु भयो। यो घटना नक्सलबाड़ीको जोतिया जोतमा आइतवार भएको हो। मृतक गृहणीको नाम कविता राय हो। घटनाको कारणले क्षेत्रमा शोक छाएको छ।

भनिन्छ, गृहिणी गए शनिवार अपरान्ह आफ्नो घर नजिकै खाना पकाउने दाउरा लिन गएकी थिई। सोही समय गृहणीलाई सर्पले डस्यो। तर गृहणीले थाहा पाइन्। अबेर राती गृहणीको अवस्था बिग्रिएपछि उसलाई नक्सलबाड़ी अस्पतालमा लगियो। स्थितिमा सुधार नआएको कारणले उसलाई फेरि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ उपचारको क्रममा उसको मृत्यु भयो।

घटनापछि आइतवार अपरान्ह स्थानीय मानिसहरूले फेरि सर्पलाई देखे। खबर पाउनसात टुकरियाझार वन विभागका कर्मचारीहरूले घटनास्थलमा पुगेर सर्पलाई उद्धार गरी आफूसितै लिएर गए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande