रिल बनाउँदा कोलकाताका बाइक रेसरको मृत्यु
रिल बनाउँदा कोलकाताका बाइक रेसरको मृत्यु


हुगली, 01 जून (हि.स.)। हुगली जिल्लाको गुड़ाप थानान्तर्गत दुर्गापुर एक्सप्रेस वेमा कांगसारीपुर मोड़मा आइतवार रील बनाउने क्रममा एकजना बाइक रेसरको मृत्यु भयो।

प्राप्त जानकारी अनुसार बाइक चलाउँदा युवक दृष्टि मोबाइलमाथि केन्द्रित भएको थियो। क्षणभरको लापरवाहीले गर्दा एकजना युवकको ज्यान गयो। उसले आफ्नो बाइकले डम्परलाई ठक्कर दियो। पुलिस सूत्र अनुसार मृतकको नाम शेख मोहम्मद हाशम (25) हो। उसको घर कोलकाताको पश्चिम पुटियारी क्षेत्रमा छ।

स्थानीय सूत्र अनुसार आइतवार 41वटा अत्याधुनिक बाइकहरूमा सवार भएर केही युवकहरू कोलकातादेखि बर्धमान गइरहेका थिए। बाइक सवारहरूले रेसिंग सुट लगाएका थिए। दुर्गापुर एक्सप्रेस वेमा एकजना बाइक सवारले नियन्त्रण गुमाएर बर्धमान तर्फ गइरहेको डम्परको पछाड़ि ठोक्किए। युवकलाई साथीहरूले गम्भीर अवस्थामा बाहिर निकाले। त्यसपछि पुलिसको सहयोगमा ुसलाई धनियाखाली स्टेट जनरल अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।

गुड़ाप थानाको पुलिसले मृतकको नाम-ठेगाना जुटाएर परिवारलाई सूचित गरिदिएको छ। सातै शवलाई पोस्टमर्टम गर्नको लागि चुँचुड़ा सदर अस्पतालमा पठाइदिएको छ।

पुलिसले बतायो, सोशल मीडिाको लागि 'रील' बनाउँदा यो दुर्घटना भएको हो। 41 वटा बाइकमा सवार केही युवकहरू कोलकातादेखि बर्धमान 'जोय राइड'-मा गइरहेका थिए। यिनीहरूमध्ये एकजनाले गुड़िरहेको बाइकमा रील बनाइरहेको थियो। यसै अवधि उसको बाइक अनियन्त्रित भएर डम्परसित ठोक्कियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande