हावड़ा जिल्ला संशोधनगृहमा विचाराधिन बन्दीको रहस्यमय मृत्यु, हत्या भएको परिवारको आशंका
हावड़ा जिल्ला संशोधनगृहमा विचाराधिन बन्दीको रहस्यमय मृत्यु, हत्या भएको परिवारको आशंका


हावड़ा, 01 जून (हि.स.)। सुधारगृहमा आइतवार प्रातः एकजना विचाराधिन बन्दीको मृत्युले रहस्य अनि प्रश्नहरूको ओइरो लागेको छ। मृतकको पहिचान मोहम्मद सलिमको रूपमा भएको छ जो बी गार्डन थाना अन्तर्गत दर्ता एक हत्याको प्रयासको मामिलामा पछिल्लो चार वर्षदेखिको न्यायिक हिरासतमा थियो।

आज बिहान जेल प्रशासनलाई सूचना प्राप्त भयो, सलिमलाई आफ्न सेलको ढोका नजिक गलफन्दामा झुण्डिरहेको अवस्थामा पाइयो। तत्परता देखाउँदै उसलाई तत्काल हावड़ा जिल्ला अस्पताल लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदियो।

मृतकको परिवारले यस मृत्युलाई आत्महत्या मान्नदेखि अस्वीकार गरेको छ। परिवारको आरोप छ, सलिमको हत्या गरिएको हो र यस घटनाको निष्पक्ष उच्चस्तरीय जाँच हुनुपर्छ। मृतककी आमा सलमी बेगमले बताइन्, सलिमलाई चार वर्षपूर्व एक पारिवारिक झगड़ाको मामिलामा पक्राउ गरिएकोथियो। हामीलाई बताइयो, उसले आत्महत्या गरेको छ। तर फोटोमा उसको गलामा कुनै फाँसीको स्पष्ट निशान छैन। हामीलाई विश्वास छ, यो हत्या हो।

पुलिस सूत्र अनुसार प्रारम्भिक जाँचमा शरीरमा कुनै बाहिरी चोटक निशान पाइएको छैन। सलिमले कथित रूपमा गमछा प्रयोग गरेर फाँसी लगाएको थियो। रिपोर्ट आएपछि नै मृत्युको वास्तविक कारणको पुष्टि हुनेछ। जेल प्रशासनद्वारा मामिलाको विभागीय जाँच आरम्भ गरिएको छ। घटना घट्दा सोही सेलमा उपस्थित अन्य दुईजना बन्दीहरूसित जाँचबुझ गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande