गुवाहाटी, 1 जून (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले प्रसिद्ध कवयित्री, गीतकार, बाल-साहित्यकार औ लोक-संस्कृतिकी गहन शोधकर्ता स्व. निर्मलप्रभा बरदलैलाई श्रद्धाञ्जलि अर्पण गर्दै भने, उनको कालजयी साहित्यिक योगदानले असमिया भाषा तथा संस्कृतिलाई सजीव बनाउँछ।
मुख्यमन्त्रीले भने, “नीला बाइदेउद्वारा रचित अर्थपूर्ण गीतहरूमा हामी आफ्नो बाल्यकाल तथा किशोरावस्थाका अनेकौं सम्झनाहरूलाई खोज्न सक्छौं। उनको जीवनको प्रेरणाले असमको साहित्यिक एवं सांस्कृतिक जगतलाई जीवन्त मात्र राख्नेछैन जबकि नयाँ पिँढ़ीलाई पनि उनका रचनाहरूमाथि चर्चा गर्नको लागि प्रेति गर्नेछ।”
मुख्यमन्त्रीले यो पनि उल्लेख गरे, निर्मलप्रभा बरदलैको साहित्य साधनाले असमको सांस्कृतिक आत्मालाई सुदृढ़ बनाउँछ साथै उनका कार्यहरूबाट आज पनि नयाँ जरासित जोड़िने प्रेरणा प्राप्त हुन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा