उत्तर 24 परगना, 1 जून (हि.स.)। उत्तर 24 परगना जिल्लामा हाबरा थानाको गेट नम्बर- 2 नजिकै आइतवार बिहान जमाई षष्ठीको दिन ग्राहकहरूले भरिएको एउटा कार अनियन्त्रित भएर मटन पसलमा पस्यो। यस अवधि त्यहाँ उपस्थित मानिसहरू पनि कारको चपेटमा परे। पाँच जना मानिसहरूको अवस्था गम्भीर रहेको बताइएको छ। स्थानीय मानिसहरूको भनाइ छ, चार चक्के वाहन गेट नम्बर-2 देखि प्रफुल्ल नगर तर्फ गइरहेको थियो। अचानक वाहन अनियन्त्रित भएर पसल बाहिर रहेका किनमेल गर्ने मानिसहरूसित ठोक्कियो। हेर्दा-हेर्दै सड़क रगताम्मे भयो।
स्थानीय मानिसहरूले गम्भीर अवस्थामा पाँचजना मानिसहरूलाई हाबरा अस्पतालमा पुऱ्याए। भनिन्छ, यिनीहरूमध्ये एक जनालाई कोलकाता स्थानान्तरण गरिएको छ। खबर पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो। कार चालकलाई समातिएको छ। साथै पुलिसले घातक वाहनलाई पनि जफत गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा