नयाँ दिल्ली, 01 जून (हि.स.)। समाज कल्याण, एससी/एसटी कल्याण, चुनाउ औ सहकारिता मन्त्री रविन्द्र इन्द्राज सिंहले आइतवार भाजपा प्रदेश कार्यालयमा जनसुनवाई गरे। जनसुनवाई अवधि मानिसहरूले आफ्नो समस्या, माग अनि सुझाउहरू मन्त्री समक्ष राखे। मन्त्रीले समस्याहरूको तुरून्तै समाधान गर्नको लागि सम्बन्धित विभागीयहरूलाई आवश्यक निर्देश दिए।
मन्त्री रविन्द्र इन्द्राजले भने, जन समस्याहरूलाई समयबद्ध ढंगमा निवारण गर्नु नै जनसेवाको मूल उद्देश्य हो। सरकार जनसहभागिता एवं पारदर्शिताको सिद्धान्तलाई अप्नाउँदै समाजको प्रत्येक वर्गको कल्याणको लागि प्रतिबद्ध छ।
रविन्द्र इन्द्राजले अधिकारीहरूलाई यो पनि निर्देश दिए, जनसुनवाईमा प्राप्त सिकायतहरूमाथि प्राथमिकताको रूपमा कारबाही सुनिश्चित गरियोस्।
समाज कल्याण मन्त्रीले जनसुनवाईमा आएका मानिसहरूसित बातचित गर्दै सरकारको पेन्शन अनि छात्रवृत्तिसित सम्बन्धित विभिन्न योजना तथा आगामी पहलहरू बारे बताए। उनले भने, यो जनसुनवाई सामाजिक न्याय तथा विकासको दिशामा सरकारको निरन्तर प्रयासहरूको दिशामा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा