सिलगढ़ी, 01 जून (हि.स.)। माटीगाड़ा थाना अन्तर्गत तुंबाजोत क्षेत्रस्थित एउटा घरमा तोड़फोड़ गरेको आरोपमा पुलिसले सातजना मानिसहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा मोहम्मद रई (18), मोहम्मद आसिफ (18), मोहम्मद रोकी (17), मोहम्मद माक्स मियाँ (18), मोहम्मद सलाम मियाँ (47), मोहम्मद कमरुल (34) औ मोहम्मद यासिन (34)-को नाम सामेल छ।
सूत्र अनुसार गए शनिवार अपरान्ह सामाजिक तत्वहरूले माटीगाड़ा तुंबाजोत क्षेत्रमा अवस्थित एउटा घरमा तोड़फोड़ सहित घरका महिला अनि बाल-बच्चाहरूमाथि हातपात गरेका थिए। घटनापछि क्षेत्रको परिवेश तनाउपूर्ण भएको थियो जसलाई ध्यानमा राखेर क्षेत्रमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको थियो।
घटनाको सूचना पाएर दार्जीलिङका सांसद राजू बिष्ट र माटीगाड़ा-नक्सलबाड़ीका विधायक आनन्दमय बर्मनले घटनास्थलमा पुगेर पीड़ित परिवारसित भेट गरेका थिए। यस अवधि सांसदले पुलिससित आरोपीहरूविरूद्ध तत्काल कारवाही गर्ने माग गरेका थिए।त्यसपछि माटीगाड़ा थानाको पुलिसले गए शनिवार अबेर राती सिलगढ़ीबाट सातजना आरोपीहरूलाई पक्राउ गऱ्यो। पुलिसले सबै आरोपीहरूमाथि गैर-जमानती धाराहरू अन्तर्गत ममिला दर्ता गरी अग्रिम कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा