खड़गपुर, 01 जून (हि. स.)। पश्चिम मेदिनीपुर जिल्लान्तर्गत खड़गपुरको भंडारीचक क्षेत्रमा आइतवार बिहान आगो लागेर एउटा पसल खरानी भयो।
स्थानीय सूत्र अनुसार गोल बजारको भंडारीचक क्षेत्रमा अवस्थित एक कस्मेटिक्स शपमा आइतवार बिहान आगो लाग्यो। घटनाको कारणले भाग-दौड़ मच्चियो। घटनाको खबर दमकल विभागलाई दिइयो। खबर पाउनसाथ दमकलका तीन वटा वाहनहरू घटनास्थलमा पुगेर आगोलाई निभाउनमा जुटे। दमकलकर्मीहरूको प्रयासले आगोलाई चाँड़ै नियन्त्रण गरियो। आगलागीको कारण पत्तो लगाउन जाँच गरिँदैछ। यो समाचार लेखुञ्जेलसम्म यस घटनामा कुनै प्रकारको ज्यानहानि भएको समाचार प्राप्त भएको थिएऩ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा