गुवाहाटी, 1 जून (हि.स.)। असममा पछिल्लो 24 घण्टाभित्रमा घना वर्षा अनि असमको बाराइग्राम-दुल्लबछेड़ा सेक्शनमा लिकमा पानी जमा भएकोले धेरैवटा ट्रेनहरूलाई रद्द गरिनका साथै आंशिक रूपमा रद्द पनि गरिएको छ।
पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)- को सीपीआरओ कपिञ्जल किशोर शर्माले आइतवार बताएका छन्, रद्द गरिएका ट्रेनहरूमा 55688 सिलचर-दुल्लबछेड़ालाई 2 र 3 जूनमा रद्द गरिएको छ। ट्रेन नम्बर 55687 दुल्लबछेड़ा-सिलचरलाई 1 र 4 जूनमा रद्द गरिएको छ। यसरी नै ट्रेन नम्बर 55690/55689 बदरपुर-दुल्लबछेड़ा-बदरपुरलाई 2 अनि 3 जूनमा रद्द गरिएको छ। ट्रेन नम्बर 15617/15618 गुवाहाटी-दुल्लबछेड़ा-गुवाहाटीलाई बाराइग्राममा शर्ट टर्मिनेट, शर्ट ओरिजिनेट गरिनेछ भने 3 जूनसम्म बाराइग्राम तथा दुल्लबछेड़ाबीच रद्द रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा