सिलगढ़ीमा दुई अफगानी युवती पक्राउ
सिलगढ़ीमा दुई अफगानी युवती पक्राउ


सिलगढ़ी, 01 जून (हि.स.)। माटीगाड़ा थानाको पुलिसले दुईजना अफगानी युवतीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवतीको नाम सालार रिहाना (20) र साल्लार सोना (22) रहेको छ। पुलिसले दुवलाई एउटा होटलबाट पक्राउ गरेको हो।

पुलिस सूत्र अनुसार थाना अन्तर्गत एक होटलमा यी दुई अफगानी युवतीहरू बस्नका लागि गएका थिए। होटल प्रबन्धनलाई उनीहरूमाथि शंका लागेपछि पुलिसलाई सूचना दिए। सूचना पाउनसाथ घटनास्थलमा पुगेको माटीगाड़ा थानाको पुलिसले दुवै युवतीलाई जाँचबुझ गरेर हिरासतमा लियो। पुलिस जाँचमा थाहा लागे मुताविक दुवै युवतीको पासपोर्टको वैधता समाप्त भइसकेको छ। त्यसपछि पुलिसले दुवैलाई पक्राउ गऱ्यो। माटीगाड़ा थानाको पुलिस अग्राम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande